२० श्रावण २०७८, बुधबार

नेपाल फाइनान्स र ललितपुर फाइनान्सले असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने

प्रकाशित मिति :  २२ असार २०७८, मंगलवार ०९:३६


काठमाडौं । नेपाल फाइनान्स र ललितपुर फाइनान्सले असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई एक्विजिसन गरेर एकीकृत कारोबार सुरु गर्न लागेको हो । एक्वायर पश्चात नेपाल फाइनान्सको नामबाट सेयर कारोबार खोल्न लागिएको हो ।

जेठ २८ गते सम्पन्न दुवै कम्पनीको विशेष साधारण सभाले नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार १८ गते एक्विजिसन सम्बन्धि अन्तिम स्वीकृति दिएको थियो ।

नेपाल फाइनान्सले १ः१ सेयर स्वाप रेसियोमा ललितपुर फाइनान्सलाई प्राप्ति गरेको हो । एकीकृत कारोबार सञ्चालन गर्नको लागि दुवै फाइनान्स कम्पनीको विवरणलाई एउटै सफ्टवेयरबाट कारोबार गर्न डाटा माइग्रेसन गर्नुपर्ने भएकाले असार २५ र २६ गते फाइनान्स कम्पनीको सेवा बन्द हुने जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?