ओलीको निरंकुशता अन्त्य हुनेछ : प्रचण्ड
नेपालबहस संवाददाता
असार २२, २०७८ मंगलबार १८:५३:२८
२२ असार, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब ओली युगको अन्त्य हुने ठोकुवा गरेका छन् । पार्टी नेता महादेव यादवको निधनपछि आज आयोजित श्रद्धाञ्जली सभालाई संवोधन गर्दै प्रचण्डले भने – केपी ओलीको निरंकुशतन्त्रबाट अब भने मुलुकले छुटकारा पाउने छ ।
सर्वाेच्च अदालतले विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी हुने उनले विश्वास व्यक्त गरे ।सर्वाेच्च अदालतसमक्ष १४६ जना सांसद्ले सशरीर उपस्थित भएर हस्ताक्षर गरेको नेपालको इतिहासमै पहिलो घटना भएको भन्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आधार यो भन्दा बलियो अरु के हुन सक्ला ? उनले प्रश्न गरे ।
प्रतिनिधिसभा पुनस्थापना भएपछि पाँच वर्ष पूरा अवधि काम गरेर राजनीतिक स्थिरता दिने पनि उनले विश्वास व्यक्त गरे । अदालतले नै वैकल्पिक सरकार बन्ने अवस्था रहेसम्म विघटन हुँदैन भन्ने नजीर स्थापना गरिसकेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने– त्यसैले पनि पुनस्थापनाको आधार तयार भइसकेको छ ।
संविधान र लोकतन्त्रमाथि ओलीले निरन्तर प्रहार गरेको भन्दै उनले अब भने त्यसको संरक्षण र सम्वर्धनका लागि आफूहरु प्रतिवद्ध रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार