एमाले फूटाउन प्रचण्डको दौडधुप, विपक्षी गठबन्धन धरापमा
नेपालबहस संवाददाता
असार २२, २०७८ बुधबार २:४०:७
२२ असार, काठमाडौं । एमालेका नेताहरु पार्टीको विवाद मिलाउन लागिरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड भने एमाले फूटाउन दौडधुप गरिरहेका छन् ।
एमालेभित्रको विवाद मिलाउन सिंहदरबारमा कार्यदल तहको छलफल दोस्रो दिन जारी रहेका बेला प्रचण्ड भने माधव नेपाललाई भेट्न पुगेका थिए । एमालेभित्रको विवादमा कार्यदल ब्यूँतिएर सहमतिको पहल गरिरहेका बेला प्रचण्डले कोटश्वस्थित नेपाल निवासमै पुगेर भेटघाट गर्नुलाई केपी ओली पक्षका नेताहरुले पार्टी फूटाउन लागिरहेको आशंका गरेका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जली दिन जनकपुर पुगेर फर्केका प्रचण्ड एयरपोर्टबाट सिधै माधव नेपाल निवास पुगेका हुन् । पार्टीभित्रको आन्तरिक विवाद मिलाउन गत जेठ २ गते गठन गरेर निष्क्रिय रहेको कार्यदल ब्यूँताउने र त्यहाँ बन्ने सहमतिको मस्यौदामा मात्रै ओली र नेपालका बीचमा वार्ता गर्ने नेपालको शर्त ओलीले स्वीकार गरेपछि एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरुको विशेष जोडबल छन् ।
‘पार्टीको विवाद मिल्न लागेको बेला प्रचण्डले माधव नेपाल भेटघाट गर्नुको अर्थ निकै महत्वपूर्ण रहेको छ । एमालेको विवादमा सधैं प्रचण्डले खेल्दै आएका छन्, अहिले पनि उनी माधव नेपाल भेट्न पुगेछन् । हेरौं, अब कोर्स कसरी अघि बढ्छ’, ओली पक्षका एक नेताले भने ।
सोमबार देउवा निवासमा देउवा, प्रचण्ड र नेपालका बीचमा छलफल गर्ने तयारी भए पनि साँझ नेपाल छलफलमा गएका थिएनन् । त्यसपछि नेपाललाई फकाउन प्रचण्ड नेपाल निवासमा पुगेका हुन् । ओलीपक्षले नेपाललाई विपक्षी गठबन्धनबाट अलग्गाउने प्रायस गरिरहेको छ ।
एमालेमा देखिएको यो एकताको पछिल्लो प्रयासपछि विपक्षी गठबन्धन धरापमा पर्ने संकेत पाएपछि प्रचण्डले असजिलो महशुस गरिरहेको स्रोतको दावी छ । ‘गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि खासै मन नगरेका बेला प्रचण्डले उचालेर गठबन्धन भएको थियो ।अहिलेको अवस्थामा एमालेको विवाद मिल्ने अवस्था आएपछि प्रचण्डले असजिलो मान्नु स्वाभाविक हो’, गठबन्धनमा रहेका एक नेताले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
महाजात्राको पहिलो सातामा भव्य व्यापार, ६ करोड २४ लाखको कमाई !
चैत १६, २०८० शुक्रबार
आइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
स्थानीय तहले सडक बत्तीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले निकाल्यो सूचना
चैत १६, २०८० शुक्रबार
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु
चैत १६, २०८० शुक्रबार
एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय
चैत १६, २०८० शुक्रबार
नारायणी डेभलपमेन्ट बैंकले कहिले बोलायो एजीएम, के के छन् त एजेन्डा ?
चैत १६, २०८० शुक्रबार