२० श्रावण २०७८, बुधबार

महामारीमा शेयर सदस्यको सुखदुःखमा सिम्रिक साकोस

प्रकाशित मिति :  २३ असार २०७८, बुधबार १५:०३


२३ असार, झापा । बिगत बर्ष देखि फैलिएको कोरोना महामारीले सिंगो बिश्वलाई नै आक्रान्त बनाएको छ । मानव संसारलाई मात्र लक्षित गरेर फैलिएको महामारीले लाखौ मानवको बाँच पाउने अधिकार समेत खोसिरहेको छ ।

नेपालमा पनि कोरोना भाईरसले आफ्नो आक्रामक रुप देखाई रहेको छ । दिनहुँजसो दर्जनौ नेपालीहरुको मृत्यूको खबरले संक्रमित भएर रोगसँग लडिरहेका नेपालीहरुलाई समेत झनै डरत्रासमा पारिरहेको छ ।

कोरोना महामारी तथा अन्य रोगहरुबाट बिरामी भई औषधि उपचार गराई रहेका आफ्ना शेयर सदस्यहरुलाई औषधि उपचार खर्च उपलब्ध गराउँदै आएको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडले अकल्पनिय रुपमा जीवन गुमाउन पुगेका आफ्ना शेयर सदस्यहरुको लागि संस्थाले बेग्लै आर्थिक सहयोग र कर्जा मिनाहाका कार्यक्रमहरु पनि सञ्चालनमा ल्याएको संस्थाका कार्यकारी प्रमूख कमल बहादुर बस्नेतले बताएका छन् ।

त्यसैगरी कोरोना महामारीलाई जितेर नयाँ जीवन पाउनु भएका आफ्ना  शेयर सदस्यहरुलाई थप हौसला र स्वास्थ्य सुधार कार्यक्रम अन्र्तगत पौष्टिक आहार बितरण गरिरहेको संस्थाका आई.टि. बिभाग प्रमूख यम बिष्टले बताएका छन् ।

झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको सिम्रिक साकोसले सर्वपक्षिय सहयोगको अबधारणा लिएर आफ्ना शेयर सदस्यहरुको सुबिधा र सहयोगको कार्यक्रम अगाडि बढाएसँगै सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको झापा, मोरङ्ग र ईलाममा धेरै नै गुणगान हुन थालेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?