कारखानामा आगलागी हुँदा बङ्लादेशमा ५२ को मृत्यु
नेपालबहस संवाददाता
असार २५, २०७८ शुक्रबार २१:१८:४९
२५ असार, रुपगन्ज । बङ्लादेशको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० भन्दा बढी घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ ।
प्रहरीले घटनास्थलमा अरु पनि परेको हुनसक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी नै रहेको पनि जानकारी दिएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान पनि प्रहरीले गरेको छ । सुरक्षित नै मानिएको बङ्लादेशको औद्योगिक क्षेत्रमा रहेको उद्योगको भवनमा आगलागी भएको जनाइएको छ ।
बङ्लादेशको राजधानी ढाकामा रहेको ढाका अपार्टमेन्टमा पनि यसअघि सन् २०१९ मा भएको आगलागीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको थियो ।अहिलेको घटना भने रुपगञ्जमा रहेको हाशेम फुड एण्ड बेभरेज कारखानामा भएको हो । घटनास्थल ढाका सहरभन्दा बाहिर औद्योगित क्षेत्रमा पर्दछ ।
घटनाका बारेमा सूचना प्राप्त हुने वित्तिकै प्रहरी गएको र सुरुमा तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गरेको थियो । पछी उद्धार गर्दै जाँदा यो समाचार तयार लेख्दासम्म ५२ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
कतिपय व्यक्ति भने आगलागी भएपछि भवनबाट बाहिर हाम फालेको र हाम फालेका मध्ये पनि केहीको मृत्यु भएको र केही घाइते भएको पनि प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले सुरु गर्यो इरानमाथि जवाफी आक्रमण
बैशाख ७, २०८१ शुक्रबार
इरानको पेट्रोलियम पदार्थको निर्यात ६ गुना बढ्यो
बैशाख ७, २०८१ शुक्रबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
नेपाललाई पहिलो सफलता, सोमपालले लियो पहिलो विकेट
बैशाख ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले भन्यो - सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम नगर्नु
बैशाख ७, २०८१ शुक्रबार
मनास्लुमा नौ महिनामा आठ हजार विदेशी पर्यटक भित्रिए
बैशाख ७, २०८१ शुक्रबार
भोटखोलामा अवरुद्ध टेलिफोन सेवा एक सातापछि सञ्चालन
बैशाख ७, २०८१ शुक्रबार
अफ्रिकी किशोरी भन्छन्- नेपाली भाषा र संस्कृति लैजान्छौँँ
बैशाख ७, २०८१ शुक्रबार