२० श्रावण २०७८, बुधबार

शनिबार दिनभर बैंकका शाखा तथा काउन्टरहरु खुला हुने

प्रकाशित मिति :  २६ असार २०७८, शनिबार ०९:२५


२६ असार, काठमाडौं । शनिबार राजश्व संकलन गर्ने बैंकका शाखा तथा काउन्टरहरु खुला हुने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार आज भएका कारण बैंकहरले राजस्व संकलनका लागी दिनभर आज सेवा सुचारु राख्ने भएका हुन् ।

त्रैमासको अन्तिम दिन सार्वजनिक बिदा वा २५ गते पछाडि शनिबार परेमा शाखा कार्यालयहरु खुला राख्न नेपाल राष्ट्र बैंकले सूचना निकालेर बैंकहरुलाई निर्देशन दिने गरेको थियो ।

चौथो त्रैमासको अन्तिम शनिबार भएका कारण बैंकले शाखा तथा काउन्टरहरु खोलेर सेवा दिनसक्ने राष्ट्र बैंकको सुचना उल्लेख छ ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि शाखा कार्यालयहरुले चेक क्लियर समेतका केही सेवाहरुका लागि शनिबार बैंक खुला हुने बताएका छन् ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?