माओवादी अध्यक्ष प्रचण्डको अस्वाभाविक दौडधुप
नेपालबहस संवाददाता
असार २६, २०७८ शनिबार २३:९:८
२६ असार, काठमाडौं । सत्तारुढ दल एमालेको विवाद सुल्झन लागको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अस्वाभाविक दौडधुप वढेको छ । शनिवार विहान माधव नेपा निवास पुगेका अध्यक्ष प्रचण्ड दिउसो शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए । सर्वाेचच अदालतले प्रतिनिधीसभा विघटनको मुद्दामा २८ असारमा निर्णय दिन लागेको र एमालेभित्र आन्तरिक विवाद सुल्झन लागेको बेला एकै दिन माओवादी अध्यक्ष प्रचण्डले नेता नेपाल र कांग्रेस सभापति देउवालाई भेटेका हुन् ।
एमाले नेता निवास पुगेर प्रचण्डले ओलीसँग मिल्न लागेको हो भनेर जानकारी लिएका थिए भने देउवासँग अहिलेको गठबन्धन धरापमा परेको भन्दै चिन्ता व्यक्त गरेका थिए । करिब डेढ घण्टा नेपालसँग विताएका प्रचण्डले एमालेभित्रको आन्तरिक एकता, कांग्रेस, माओवादी केन्द्र लगायत विपक्षी दलको गठवन्धनको मोर्चावन्दी लगायतका विषयमा केन्द्रीत रहेर छलफल गरेको स्रोतको दावी छ ।
त्यसक्रममा नेपालले आफुले सर्वाेच्च अदालतको हस्ताक्षर फिर्ता लिने या त्यसको निर्णय प्रभावित हुने गरी अन्यत्र थप कुनै कदम नचाल्ने वचनवद्दता आज पनि प्रचण्डलाई दिएका थिए । एमालेको मस्यौदामा पनि सोही सहमति भएको थियो । नेपालको वलियो वचनवद्धताको खोजीमा नेपाल निवास पुगेरै छलफल गरेका प्रचण्ड नेपालसँगको छलफलका बारेमा जानकारी दिने र आगामी थप रणनीतिका बारेमा छलफल गर्नका लागि अहिले देउवानिवास पुगेका हुन् ।
प्रधानमन्त्री केपी ओलीले अहिले विपक्षी गठवन्धनमै रहेका नेपाल समुहका नेताहरुलाई त्यहाँबाट बाहिर निकाल्ने प्रयास गरिरहेका छन् । एमालेभित्रको विवाद मिलेमा गठवन्धन लाई पर्ने असरका वारेमा पनि नेताहरुका वीचमा आन्तरिक छलफल हुने गरेको छ ।
अहिले एमाले विवाद सहमति नजिक रहेको भनिएका बेला नेपालको आगामी थप रणनीति के होला ? भन्नेमा सवैभन्दा चासो प्रचण्ड र देउवाले देखाईरहेका छन् । शुक्रबार साँझ मात्रै एमालेको विवाद निरुपण गर्नका लागि कार्यदलका सदस्यहरुले धेरै हदसम्म सहमति भैसकेको बताएका थिए । एमालेको विवाद मिलेको अवस्थामा प्रचण्ड कोटेश्वर र बूढानीलकण्ठ पुग्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा लिइएको छ ।
दुई नेताहरुसँग समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रचण्ड निकट स्रोतले जनाएको छ । विपक्षी ५ दलीय गठबन्धन र नेकपा एमाले भित्र भइरहेको वार्ताका बारेमा नेपाल र प्रचण्डबिच छलफल भएको बताइएको छ । एमालेको किचलो मिलाउन केही दिन यता विवाद समाधान कार्यदलमा वार्ता भइरहेको छ ।
शुक्रवारको वार्ता पछि मस्यौदामा भएको सहमतिलाई आज अन्तिम रुप दिई पार्टी अध्यक्ष केपी ओली र नेता नेपाललाई बुझाउने तयारी भएको छ । एमालेको वार्ता निष्कर्षमा पुग्नलागेका बेला प्रचण्ड–नेपालबिच वार्ता भएको हो । यसअघि पनि प्रचण्ड नेपालबिच बेला बेलामा गठबन्धनको रणनीतिका बारेमा भेटवार्ता हुँदै आएको छ ।
शुक्रबार कार्यदलको बैठकमा माधव नेपाल पक्षका नेताहरु विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरको सम्बन्धमा कुनै पनि धारणा सार्वजनिक नगर्ने र अदालतलाई प्रभाव र दबाब पर्नेगरी कुनै पनि विषयवस्तु उल्लेख नगर्ने सहमति भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार