२० श्रावण २०७८, बुधबार

आरआरएनद्वारा आइसोलेशनलाई विभिन्न सामग्री सहयोग

प्रकाशित मिति :  २७ असार २०७८, आईतवार ११:३९


२७ असार, किमाथाङ्का । नेपाल ग्रामीण पुनःनिर्माण संस्था ‘आरआरएन’द्वारा सङ्खुवासभाका आइसोलेशनलाई विभिन्न सामग्री सहयोग हस्तान्तरण गरिएको छ । शनिबार तुम्लिङ्टारमा एक कार्यक्रमबीच पूर्वराजदूत डा अर्जुन कार्कीले जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्य र कोभिड–१९ सङ्कट व्यवस्थापन समिति ‘डिसीसिएमसी’ समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई विभिन्न सामग्री हस्तान्तरण गरेका हुन् ।

संयुक्त राज्य अमेरिकाका लागि नेपालका पूर्वराजदूत डा कार्कीको विशेष पहलमा युएनडिपी कार्यक्रमअन्तर्गत नेपाल ग्रामीण पुनःनिर्माण संस्था ‘आरआरएन’ले उक्त सामग्री उपलब्ध गराएको हो । विश्वभर कोरोना भाइरसको महामारी फैलिइरहेको समयमा सङ्खुवासभामा कोरोना नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सङ्खुवासभा जिल्ला अस्पतालद्वारा सञ्चालित मानेभञ्जाङ, तुम्लिङ्टार आइसोलेशन र चैनपुर आइसोलेशनका लागि ती सामग्री हस्तान्तरण गरिएको हो ।

उक्त संस्थाले चैनपुर र मकालु गाउँपालिकाका लागि एक÷एक थान जेनेरेटर हस्तान्तरण गरेको थियो । त्यसैगरी अन्य सामग्री पल्स अक्सोमिटर १०० थान, पिपिइ १०० थान, एन–९५ मास्क एक हजार थान, ब्ल्याङ्केट १५० थानलगायत १० प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । ती सामग्री जिल्ला अस्पताल र डिसीसिएमसी समितिले जिल्लामा सञ्चालित आइसोलेशन र होमआइसोलेशनमा बसिरहेकालाई लक्षित वितरण गर्न समेत संस्थाले अनुरोध गरेको छ ।

पूर्वराजदुत कार्कीको पहलमा सङ्खुवासभामा विभिन्न प्रकारका सहयोग प्राप्त भएको भन्दै जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शाक्यले धन्यवाद दिए । जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङ्टारमा जन्मिएका पूर्वराजदूत कार्की विभिन्न सामाजिक काममा समेत संलग्न रहँदै आएका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?