भोजपुरमा वरपीपल रोप्ने अभियान सञ्चालनमा
नेपालबहस संवाददाता
असार २७, २०७८ आइतबार १८:४६:४६
२७ असार, भोजपुर । डिभिजन वन कार्यालयले वरपीपल रोप्ने अभियान सञ्चालनमा ल्याएको छ । सडक विस्तार तथा मानवीय गतिविधिका कारण वरपीपल मासिन थालेको जनाइएको छ ।
कार्यालयले वरपीपलबाट प्रशस्त मात्रामा अक्सिजन दिने तथा वातावरणलाई स्वच्छ राख्न राख्न सहयोग पुर्याउने भएकोले सार्वजनिक तथा खुल्ला क्षेत्रमा रोप्ने गरी अभियान सञ्चालन गरेको जनाएको छ ।
धेरै मात्रामा वरपीपलका रुख विस्तार गर्न सकिएमा बस्तीमा बाँदर आउने क्रमसमेत रोकिने कार्यालयको दाबी छ । वरपीपलको फल खाएर बाँदर अल्मलिने हुँदा किसानका अन्नबालीमा कम क्षति हुने कार्यालय प्रमुख विष्णुप्रसाद घिमिरेले जानकारी दिए ।
उनले भने, ‘‘पछिल्लो समय धेरै वर्ष पुराना वरपीपलका रुख मासिँदै गएका छन् । अधिकांश ठाउँमा वरपीपलका ठूटा मात्र देखिन्छन् । यसले वातावरणलाई प्रत्यक्ष रुपमा हानी पुगिरहेको छ । यसैले हामीले अहिले झापाबाट बिरुवा मगाएर यसलाई अभियानका रुपमा सञ्चालन गर्ने लक्ष्यका साथ विस्तार गरिरहेका छौँ ।’’
बाँदरले बस्तीमा आएर क्षति गर्न थालेपछि सामुदायिक वनमा फलफूलजन्य बिरुवा तथा इस्कुस रोपनलाई ध्यान दिन कार्यालयले आग्रह गरेको छ । बाँदरको लागि खाने आहारा वन क्षेत्रमा नै उत्पादन गर्न सकिएमा गाउँबस्तीमा बाँदरले कम क्षति गर्ने कार्यालयको भनाइ छ । प्रमुख घिमिरेले भने,‘‘ हाम्रा कारणले नै बाँदरलाई बस्तीमा आउने अवस्था बनाएका छौँ । वन्यजन्तुलाई हाम्रा व्यवहारले पनि असर पारिरहेको छ । हामीले वन क्षेत्रमा पनि फलफूलका बिरुवालाई विस्तार गर्न जरुरी देखिएको छ । त्यसैले पनि हामीले खुला क्षेत्रमा वरपीपल रोप्ने अभियान सञ्चालनमा ल्याएका हौँ ।’’
बढ्दै छन् जडीबुटी किसान
पछिल्लो समयमा जिल्लाका स्थानीयवासी जडीबुटीखेती तर्फ आर्कषित भएका छन् । डिभिजन वन कार्यालयले किसानलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएसँगै यसतर्फ किसानको आर्कषण बढेको हो ।
कार्यालयले विभिन्न कार्यक्रम मार्फत आर्थिक तथा प्राविधिक सहयोग गरेपछि किसानले जडीबुटीखेतीलाई व्यावसायिक रुपमा सञ्चालनमा ल्याएका हुन् । कार्यालयले यस वर्ष मात्र टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा, आमचोक गाउँपालिका लगायतका ठाउँमा जडीबुटी विस्तार कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यालयले कृषकलाई आयआर्जनमा जोड्न, सतुवा, लोठ सल्ला, चिराइतोलगायतका खेती विस्तारमा किसानलाई प्रोत्साहन गरिरहेको कार्यालयको भनाइ छ । यसवर्ष कार्यालयले गरेको कामको समीक्षा कार्यक्रममार्फत दिएको जानकारी अनुसार थप दुईवटा जडीबुटी नर्सरी विस्तार गरिएको छ । जिल्लामा ६ वटा नर्सरीबाट एक लाख, ६४ हजार बिरुवा उत्पादन गरेको कार्यालयको भनाइ छ ।
किसानलाई करीब पाँच हजार कागती, एभोकाडो लगायतका बिरुवा वितरण भएको कार्यालयले जनाएको छ । कार्यक्रमका सहभागीले वर्षेनी बिरुवा वितरण गरिए पनि त्यसको उपलब्धि आउन नसकेकाले त्यस तर्फ ध्यान दिनुपर्ने धारण राखे । त्यस्तै किसानले उत्पादन गरेको जडीबुटीको बजारीकरणमा सरकारले भूमिका खेल्नुपर्ने व्यवसायीले बताएका छन् ।
कार्यालयले सतुवा, चिराइतो, टिमुरलगायत विभिन्न जडीबुटीको पकेट क्षेत्र निर्धारण गरेर काम गरिरहेको छ । त्यस्तै किसानलाई थप प्रोत्साहन गर्नको लागि लाहाखेती विस्तारको लागिसमेत काम भइरहेको कार्यालयले जनाएको छ । त्यस्तै जडीबुटीखेती विस्तार तथा वन क्षेत्रको विकासका लागि पञ्चवर्षीय योजना भइरहेकाले त्यसमा छुटेका विषयवस्तुको बारेमा रायसुझाब सङ्कलन लिइएको छ ।
सहभागीहरुले जडीबुटीको उत्पादन राम्रो भए पनि भण्डारणको समस्या रहेकाले त्यस तर्फ ध्यान दिनु सुझाएका थिए । यस वर्ष कार्यालयले सञ्चालनमा ल्याएका कार्यक्रमबाट छिटफुटबाहेक अपेक्षित उपलब्धि हासिल भएको कार्यालयको दाबी छ । युवराज विष्टः रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमाले र माओवादीले पेश गरे संकल्प प्रस्ताव
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमालेको ह्वीप
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
कोशी प्रदेशमा संकल्प प्रस्ताव बहुमतले पारित
बैशाख ७, २०८१ शुक्रबार
बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार