२० श्रावण २०७८, बुधबार

सिटी एक्सप्रेस १५औं वर्षमा प्रवेश

प्रकाशित मिति :  २७ असार २०७८, आईतवार १९:२०


२७ असार, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले स्थापनाको १४ औं वसन्त पार गरेको छ । १५ औं बर्षमा प्रवेशका अवसरमा सिटी एक्सप्रेसले केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।

मनी ट्रान्सफरले “सकरात्मक र सबल हुँदै” भन्ने मुल नाराका साथ १५औं बार्षिकोत्सव अहिलेको बिषम परिस्थितीलाई मध्यनजर गर्दै आफ्नै कार्यालय सिटी एक्स्प्रेस कम्प्लेक्स, कमलादीमा सानो समारोह बिच सम्पन्न गरेको जनाएको छ ।

उक्त समारोहमा “न एती न उति सिधै लखपति” योजनाको बिजेता साउदीमा कार्यरत जागेश्वर भुसकुलिया यादवकी धर्मपत्नी फुलमती कुमारीलाई रु १०,००,००० को चेक हस्तान्तरण गरेको छ । साथै कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट यस आर्थिक बर्षमा उल्लेखनिय कार्य गरे बापत विभिन्न विभाग र तहका ३ उत्कृष्ट कर्मचारीहरुलाई

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको जनाइएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?