२० श्रावण २०७८, बुधबार
एमालेका २३ सांसद एक ठाउँमा छौं
ब्लग/सामाजिक संजाल

प्रधानमन्त्रीका प्रेस सल्लाहकारको धारणा आपत्तिजनक : माधव नेपाल

प्रकाशित मिति :  २८ असार २०७८, सोमबार ०८:०९


२८ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हस्ताक्षरमा दृढ रहेको बताएका छन् । सोमबार बिहानै सामाजिक सञ्‍जालमा लेख्‍दै उनले अदालतमा विचाराधिन मुद्धामा एमालेका २३ सांसद एकै ठाउँमा रहेको उल्‍लेख गरेका छन् ।

नेता नेपालले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पारेका छन् ।

सोमबार बिहानै नेता नेपालले स्टाटस लेख्दै भनेका छन्, ‘हिजो राती नेकपा ‘एमाले’को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरीत छ। यो व्याख्या गलत र अस्वीकार्य छ।’

प्रेस सल्लाहकारको फेसबुक स्टाटस :

उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ सांसदले गरेको हस्ताक्षर र समर्थन यथावत रहेको स्पष्ट पारेका छन् ।

नेता नेपालले सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्न गरि आउने कुनै पनि टिप्पणी वा सहमतिको व्याख्या स्वीकार्य नहुने भन्दै त्यसको निन्दा गरेका छन् । एमालेको एकता कार्यदलले आइतबार अबेर राति १० बुँदे सहमतिमा हस्ताक्षर गरेको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?