२० श्रावण २०७८, बुधबार

सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर डिम्याट खातामा

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार ०९:३६


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको डिम्याट खातामा ५ प्रतिशत बोनस शेयर जम्मा गरेको छ।

बैंकले २०७७ चैत ९ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा सो दरमा बोनस शेयर जम्मा गरेको हो।

सो अवधिसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई बैंकले शिघ्र शेयर अभौतिकीकरण गराई आफ्नो खाताको विवरण बुझाउन अनुरोध गरेको छ।

२०७७ चैत २३ गते सम्पन्न बैंकको १६ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?