२० श्रावण २०७८, बुधबार

आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न आदर्श लघुवित्तले बोलायो बिहीबार साधारणसभा

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार १४:०२


काठमाडौं । आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न आदर्श लघुवित्तले असार ३१ गते बिहीवार साधारण सभा गर्ने भएको छ ।

कम्पनीले सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय बनेपामा बोलाएको हो । सभाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीले हाल कायम रहेको जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले यस कम्पनी र अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने, प्राप्ति तथा समाहित हुने कार्यसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी सभाले आव २०७६/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभाले आव २०७७/७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?