२० श्रावण २०७८, बुधबार

राष्ट्र बैंकले सार्वजनिक गर्यो मोबाइल एप

प्रकाशित मिति :  ३१ असार २०७८, बिहीबार ११:२१


काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल एप सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले  असार ३० गते मोबाइल एप सार्वजनिक गरेको हो ।

बैंककी डेपुटी गभर्नर डा.नीलम ढुंगाना तिम्सिनाले भर्चुअल माध्यमबाट उक्त मोबाइल एपको सार्वजनिक गरेकी हुन् ।

बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्यांकलगायतका सामग्रीहरु उक्त मोबाइल एपमा पाइने केन्द्रीय बैंकले जनाएको छ ।

मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच पुग्ने बैंकको अपेक्षा रहेको छ ।

उक्त एप हालको ‘बेटा भर्सन’ मा उपलब्ध छ । प्रयोगकर्ताबाट प्राप्त हुने सुझाबको आधारमा यसलाई थप परिष्कृत गर्दै लगिने बैंकले जनाएको छ । हाललाई एप एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको छ । यसलाई क्रमिक रुपमा आइओएस अपरेटिङ सिस्टममा पनि लगिने बैंकको भनाई छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?