२० श्रावण २०७८, बुधबार
रेमिट्यान्स

१२.६ प्रतिशतले बढ्यो रेमिटयान्स, ११ महिनामा ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ भित्रियो

प्रकाशित मिति :  ३१ असार २०७८, बिहीबार १३:०९


काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ रेमिटयान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको आर्थिक वित्तीय अवस्थामा उक्त रकम रेमिटयान्समार्फत नेपाल भित्रिएको उल्लेख गरेको छ ।

समीक्षा अवधिमा रेमिटयान्स आप्रवाह १.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटयान्स आप्रवाह ३.२ प्रतिशतले घटेकोे थियो ।

अमेरिकी डलरमा रेमिटयान्स आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेकोे थियोे । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ५९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १२.४ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४७.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३१.१ प्रतिशतले घटेको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?