२० श्रावण २०७८, बुधबार
विप्रेषण

साईप्रसको कोरोना पे बाट नेपालमा पैसा पठाउन सकिने, सिटी एक्सप्रेस साझेदार

प्रकाशित मिति :  ३ श्रावण २०७८, आईतवार ११:४६


३ असार, काठमाडौं । साईप्रसको ख्यातिप्राप्त कोरोना पे (Korona Pay) र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिटान्स कारोबार सुरु भएको छ ।

Cyprus, UK, Germany, Denmark, Spain , Italy तथा France मा रहेका नेपालीहरुले Korona Pay को सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने भएका छन् ।

साईप्रस तथा यूरोपबाट पठाएको पैसा नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ भने छिट्टै नै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र Korona Pay का तर्फबाट प्रमुख कार्यकारी अधिकृत Gleb Kozlov ले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १५ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?