२० श्रावण २०७८, बुधबार

एक वर्षमा ४९ दशमलव २० प्रतिशत मुद्धा फछ्र्यौट

प्रकाशित मिति :  ३ श्रावण २०७८, आईतवार १३:०७


३ साउन, जलेश्वर । जिल्ला अदालत महोत्तरीले गत आर्थिक वर्षमा ४९ दशमलव २० प्रतिशत मुद्धा फछ्र्यौट गरेको छ ।अदालतले आर्थिक वर्ष २०७७/०७८ मा कूल तीन हजार ५४२ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा गत असार २५ गते सम्ममा एक हजार ७४३ मुद्धा मात्र फछ्र्यौट गर्न सफल भएको जिल्ला न्यायाधीश दीपककुमार खरेलले बताए ।

यसरी फछ्र्यौट भएका मुद्दामा सरल प्रकृतिका ६७१, सामान्य प्रकृतिका ४०, विशेष प्रकृतिका १ र मार्ग समूहमा नपर्ने/डिसिएम लागू हुनुपूर्वको मुद्दाको सङ्ख्या एक हजार ३१ रहेका छन् ।

यसैगरी अदालतले सो अवधिमा रु ४३ लाख ९७ हजार १५९ जरिवाना र ४५९ वर्ष दुई महिना तीन दिन कैद असुल गर्न सफल भएको जिल्ला न्यायाधीश खरेलले जानकारी दिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?