२० श्रावण २०७८, बुधबार
प्रदेश ५

बर्दियामा भैसी गोठाला गएका पुरुषको बाघको आक्रमणबाट मृत्यु

प्रकाशित मिति :  ३ श्रावण २०७८, आईतवार १८:३३


३ साउन, बर्दिया । बर्दियामा भैसी गोठाला गएका एक जनाको बाघको आक्रमणमा परी ज्यान गएको छ । जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नं।६ मोतिपुर ७० बर्षिय गोरे थापाको बाघको आक्रमणमा परी ज्यान गएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले नेपालबहस डटकमलाई दिएको जानकारी अनुसार शिवपुरफाँटा सामुदायिक वनमा भैंसी गोठालो गएको अवस्था उनलाइ बाघले आक्रमण गरेको हो ।

उनीसंगै गोठाला गएका स्थानियहरु घर फर्किदा निज गोरे थापा घर नर्फादा आफन्त र स्थानियबासीले प्रहरी पोष्ट बकुवामा खबर गरेका थिए ।

स्थानियले दिएको जानकारीपछि सशस्त्र प्रहरी निरीक्षक अब्दुल कलाम खाँको प्रहरी टोली, ठाकुरद्वारा राष्ट्रिय निकुञ्जबाट जम्दार जय बहादुर चन्द ८ जना ३ वटा हात्तीसहितको टोली र स्थानियले खोजतलास गर्ने क्रममा आज ओरही पुलदेखी अन्दाजी ५ सय मिटर तल खोलाको बाँध नजिकै थापाको शव छेदविच्छेद आवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यसअघि असार २१ ग्ते मात्रै बर्दियाको मधुवन नगरपालिका–३ का ६७ वर्षका चित्रबहादुर केसीको पनि बाघको आक्रमणमा परी ज्यान गएको थियो । यो सहित बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्षभित्र १३ जनाको ज्यान गएको छ ।

निकुञ्ज प्रशासनले मानव र वन्यजन्तु विचको बढ्दो द्धन्द्ध न्यूनीकरणका लागि प्रयास थालेको बताए पनि द्वन्द्व अझ बढ्दो अवस्थामा छ । स्थानीयलाई जंगल प्रवेश नगर्न निकुञ्जले पटक–पटक आग्रह गरे पनि स्थानीयको लापरबाहीले गर्दा वन्यजन्तुको सिकार हुने गरेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?