एमालेको घर–झगडामा भीम रावलको राजीनामाको निहितार्थ
इन्द्र रिजाल
साउन ३, २०७८ सोमबार ०:४६:१
३ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभाको सांसदबाट साउन ३ गते राजीनामा दिएका छन् । नेकपा एमालेको तर्फबाट अछाम–१ मा प्रत्यक्ष निर्वाचित भएका रावलले ‘म यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई राजीनामा दर्ता गर्न आएको छु’, सिंहदरबारस्थित संसद परिसरमा एमालेको नेपाल समुहका सांसदहरू बीच रावलले भने, ‘म राजीनामा दिन्छु ।’
पार्टीको उपाध्यक्ष सांसदले नै राजीनामा दिनुपर्ने नौवत आएको वर्तमान परिस्थितिले एमालेभित्र कति उकुसमुकुस रहेछ भन्ने जनाउँछ ।राजीनामा फिर्ता गराउन उनीमाथि दबाब पनि बढेको छ ।
आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री रहेका के.पी. शर्मा ओलीले गत जेठ ७ गते दोस्रोपटक प्रतिनिधिसभा विघटन तथा अर्को निर्वाचनको सिफारिश राष्ट्रपतिसमक्ष राखेपछि मध्यरातमा घोषणा भएको सो असंवैधानिक निर्वाचन बदर गर्दै ओलीलाई हटाउने अभियानमा सक्रिय भएर लागेका रावलले अहिले आएर कुन अर्थको ‘अनैतिक राजनीति’ को विरुद्ध राजीनामा दिएका हुन् ? प्रष्ट छैन ।
पार्टीको हितविपरीतका गतिविधिमा लागेको र आफ्नै पार्टीको सरकार गिराएर अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउने षड्यन्त्रमा सक्रिय भएको भनी ओलीको अध्यक्षतामा एमालेले माधव नेपालसहितका ४ जनालाई निलम्बन गर्दा तीमध्येका एकजना रावल पनि थिए ।
१४९ जना सांसदको समर्थनसहित पहिले राष्ट्रपतिकहाँ प्रतिनिधिसभा विघटन र संसदीय निर्वाचनलाई रोकी ओलीलाई हटाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा एमालेका उपाध्यक्ष रावल सक्रिय रुपमा लागेका थिए ।
राष्ट्रपति विद्या भण्डारीबाटै ओलीको बचाउमा असंवैधानिक तथा निर्लज्ज पक्षपातको व्यवहार अपनाएपछि यसलाई न्यायिक उपचारको मुद्दाका रुपमा सर्वोच्च अदालतमा लैजाने कार्यमा उनको समेत लिखित समर्थन र सक्रियता थियो । तर कांग्रेस सभापति देउवाले संसदमा विश्वासको मत लिन लागेको बेला उनको राजीनामाको घोषणा राजनीतिक कदमभन्दा पनि तिलश्मी घटना बन्न पुगेको छ ।
यी हुन् भीम रावल
‘नेपालमा राजनीतिक हिंसा तथा माओवादी विद्रोह’ विषयमा विद्यावारिधि गरेका ६५ वर्षीय एमाले उपाध्यक्ष रावल पार्टीको कलहमा माधव नेपाल पक्षधर २६ सांसदमध्येका एक हुन् । तर पछिल्लो चरणमा उनी पार्टी एकता गराउने कार्यदलको संयोजक थिए । कार्यदलले दिएको १० बुँदे मेलमिलाप सुझाव एमालेको असार २८ गतेको बैठकले अनुमोदन पनि ग¥यो । तर अहिले उनको राजीनामाले एमालेभित्र निराश र सद्भावपूर्ण वातावरण नभएको यथार्थलाई ईंगित गरिरहेको छ ।
विगतमा उनले धेरैवटा मन्त्रालय चलाउन भ्याए– उपप्रधानमन्त्री तथा रक्षामन्त्री, माधव नेपालको प्रधानमन्त्रित्वमा गृहमन्त्री, गिरिजाप्रसाद कोइरालाको पालामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र मनमोहन अधिकारीको पालामा वाणिज्य, पर्यटन तथा नागरिक राज्यमन्त्री ।
२०४७ सालको अन्तरिम मन्त्रिमण्डलको बेलामा उनी तत्कालीन कृषिमन्त्री झलनाथ खनालका सल्लाहकार भएर सत्ताका ग्यालरी र कोठाचोटामा विचरण गर्न थालेका हुन् । दुई प्रतिभाशाली छोराका बाबु, उनी सक्रिय राजनीतिभन्दा अगाडि अधिवक्ता थिए ।
भारततिर आलोचक तर चीनतिर झुकावको मानसिकता देखिने रावललाई सन् २०११ मा अमेरिकी दूतावासले आफ्नो निकटतम सम्पर्कमा भएको व्यक्तिका रुपमा उल्लेख गरेको कुरा विकिलिक्स्ले उदाङ्ग पारेको थियो । उनी गृहमन्त्री भएकोमा अमेरिकी दूतावास खुशी भएको उल्लेख गर्दै कुटनीतिक प्रतिवेदनमा उल्लेख गरिएको थियो, “प्रहरी सेवाको सुपरिवेक्षण गर्ने उपयुक्त जिम्मेवारी पाएका गृहमन्त्री भीम रावल दूतावासका निकटतम सम्पर्कका व्यक्ति तथा अनुभवी नेता हुन् ।
पुष्पकमल दाहालको सरकारका झगडालु बामदेव गौतम तथा जी.पी. कोइराला सरकारका बेकारका कृष्ण सिटौलाजस्ता दिक्दारलाग्दा गृहमन्त्रीहरूको श्रृङ्खलापछि रावलको आगमनलाई हामी स्वागतयोग्य परिवर्तनको रुपमा देख्छौं । प्रकाश महत पनि दूताबासको निकटतम सम्पर्कका व्यक्ति हुन् । पोस्टले अमेरिकापरस्त सुजाता कोइरालालाई ठीक मानेको छ, तर उनको प्रभावकारितामा चैं सन्देह छ ।” भनेको बिकिलिक्सले सार्वजनिक गरेको सो रिर्पोटमा उल्लेख थियो ।
(Home Minister Bhim Rawal is a close embassy contact and an experienced leader well-placed to oversee the police services. After a series of disappointing Home Ministers, including combative Bamdev Guatam in Pushpa Dahal’s government and the feckless Krishna Sitaula in G.P. Koirala’s government, we view Rawal as a welcome change. Prakash Mahat is also a close Embassy contact. Post knows pro-American Sujata Koirala well but has doubts about her effectiveness.)
(Extracts from Wikileaks cables from US embassy to US State Department in Washington published Monday by The Reporter in Kathmandu The leaks reveal embassy links in government and parties embarrassing individuals and parties The leaks again demonstrate weaknesses of US government in maintaining confidentiality of conversations with US diplomats Too much emphasis is put of ethnic background and ability of persons in contacts of US embassy to pursue its interests.”)
प्रधानमन्त्री नियुक्त भएको चौथो दिन नै शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिएका छन् । उनलाई जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर तथा राजेन्द्र महतोको गुटले पनि विश्वासको मत दिने भएको छ ।
देउवाले विश्वासको मत पाएमा अबका करिब डेढवर्षको अवधिसम्म आगामी निर्वाचनसम्म उनले सरकारको नेतृत्व गर्ने मार्गप्रशस्त हुनेछ । विश्वासको मत नपाएमा ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचनको मिति घोषणा हुनुपर्ने छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
भारतमा आजबाट लोकसभा चुनाव, २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा मतदान हुँदै
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार