२० श्रावण २०७८, बुधबार
प्रदेश ७

तीन दिनदेखि फोन अवरुद्ध हुँदा सेवाग्राही मर्कामा

प्रकाशित मिति :  ३ श्रावण २०७८, आईतवार २०:०९


३ साउन, डोटी । जोरायल गाउँपालिका वडा नं ५ र ६ मा तीन दिनदेखि फोन सेवा अवरुद्ध भएको छ । फोन अवरुद्ध हुँदा यहाँका ग्रामीण क्षेत्रका नागरिक तीन दिनदेखि सेवाबाट वञ्चित भएका छन् ।

शुक्रबार साँझ गुनड तथा गोबडालेकमा रहेका रिपिटर स्टेशनमा वर्षाका कारण खराबी आएपछि यहाँका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका स्थानीयवासी डम्बर विष्टले जानकारी दिए । फोन सेवा सञ्चालन नहुँदा सेवाग्राही निकै मर्कामा परेका छन् ।

उक्त टावरबाट जिएसएम र सिडिएमए सेवा अवरुद्ध भएका छन् । नेपाल टेलिकमका फोन अवरुद्ध भएपछि यहाँका सेवाग्राहीलाई एनसेलको भर पर्नुपर्ने अवस्था आएको जोरायल–६ का महेन्द्र बोहराले बताए ।

अवरुद्ध भएको तीन दिनसम्म सञ्चालन नहुँदा सानो कामका लागि पनि यहाँका नागरिकले घण्टौ लगाएर आफै सम्बन्धित ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?