ओलीको ओरालो यात्रा
नेपालबहस संवाददाता
साउन ४, २०७८ सोमबार १८:१३:३८
४ साउन, काठमाडौं । कुनैबेला थियो– अब यो देशमा पाँच दसक कम्युनिष्टले शासन गर्ने हुँकार । त्यो पनि शक्तिशाली वामघटकबाट प्रधानमन्त्री बनेका केपी ओली र अर्का गठबन्धन नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को राप र ताप । गएको आम निर्वाचनमा वाम घटकले ल्याएको प्रचण्ड मतले ओली र प्रचण्डका भनाई र हुँकार पत्याउनैपर्ने अवस्था थियो ।
ओली र प्रचण्डको त्यो अमत्याईले एउटा उडान त लगायो, तर दोस्रो उडान भर्नै सकेन । दुई पाइलटले चलाएको अजंगको जहाजबीच बाटामै क्र्यास भयो । त्यसले गर्दा एमाले र माओवादी केन्द्र पनि अस्तित्वमा आए ।
ओलीले आफ्ना विरोधीको सफाया गर्ने नीति लेनिन र स्टालिन भन्दा भिन्न थिएन । त्यसैले उनले पहिला प्रचण्डलाई लघारे पछि आफ्नै ५० वर्ष पुराना साथी माधव नेपाल र झलनाथ खनालको समेत सर्वनाश गर्न उद्यत भए । नभन्दै उनले खनाल र नेपाललाई पार्टीबाटै निकालासमेत गरे ।
ओलीमा बढेको अहंकार र अहंले अन्ततः पार्टी नै भष्म बनाउने दिशामा लग्यो । जंगलमा एउटा मात्रै राजा हुनुपर्छ भन्ने ओली सिद्धान्तले जंगल रुपी एमाले नै सखाप बनाएको छ ।
यसको पछिल्लो श्रँृखला हिजो राति प्रतिनिधिसभा बैठकमा देखियो । ओलीले लाख प्रयत्न गर्दासमेत प्रधानमन्त्री शेरबहादुर देउवालाई परास्त गर्न सकेनन् । बरु आफैं स्खलित हुन पुगे । कुनै बेला दुई तिहाईको दम्भले उग्राएका ओली हिजो संसद्मा निरीह देखिए । अघिल्लो पटक उनले विश्वासको मत लिंदा पाएको ९३ मत समेत यसपटक जोगाउन सकेनन् । देउवाको पक्षमा १६५ मत पर्दा ओलीले केवल ८३ मत पाए । जबकी उनले नेतृत्व गरेको पार्टीको मात्रै सांसद् संख्या १२१ छ ।
आखिर यो अवस्था कसले निम्यायो त ? स्वभाविक छ – उनी आफैंले । ओलीले सर्वसत्तावाद लादेपछि मात्रै यो अवस्था निर्माण भएको हो । नत्र कसैले पनि यति छिट्टै वाम शक्तिबाट सत्ता अन्यत्र जाला भन्ने कल्पनासमेत गरेका थिएनन् ।ओलीले सत्ताको उन्मादमा लोकतन्त्र र संविधानमाथि धावा बोलेपछि मात्रै यस्तो परिस्थिति निर्माण भएको हो । शीतल निवासको सेटिङमा संविधानकै हुर्मत लिएपछि एमाले भित्रैबाट ओलीको सर्वनाशको यात्रा प्रारम्भ भएको हो ।
हिजो मात्रै ओलीले त्यसको एक झड्का पाएका छन् । सत्ताबाट बाहिरिएपछि पनि उनको उन्माद र अहंकार घटेको छैन । त्यसको प्रतिफल ओलीले आफ्नो शक्ति क्षय गरिरहेका छन् । कहाँ १७४ सांसद्वाला प्रधानमन्त्री र अहिले कहाँ ८३ को संख्यामा सीमित प्रमुख प्रतिपक्षी नेता ।
ओलीले समयमै यसको हेक्का राखेनन् । राख्थे भने अहिले उनको विकल्प हुने थिएन । विकल्प नै खोज्दापनि एमालेको विकल्प थिएन । व्यक्ति फेरिए पनि पार्टी उही रहने थियो । त्यो देखिएन । मबाट सुरु उनको यात्रा म मै टुंगिएको छ । यतिबेला एमालेको अवस्था नाजुक छ ।
ओलीले देउवालाई मत दिनेजति सबै गैर एमाले भनेका थिए । उनको यो अहंकारले गर्दा उनकै पोल्टाका ८ जना सांसद् गुुमाए । सर्वाेच्च अदालतमा जाँदा एमालेका केवल २३ सांसद्ले हस्ताक्षर गरेका थिए । अहिले भने ३३ पुगे । ओलीको निर्णय अवज्ञा गर्नेको संख्या दैनिक बढ्दो छ । यसले पनि प्रष्ट पार्छ अब ओलीको स्खलन यात्रा प्रारम्भ भएको छ ।
यो क्रम आगामी दिन अझै संक्रामक हुने देखिन्छ । परिस्थिति यस्तै रह्यो भने आउने चुनावमा ओलीको अवस्था नारायणमान बिजुक्छे नहोला भन्न सकिन्न । तर त्यसका लागि देउवा सरकारले सबै पक्षलाई समेटेर लोकतन्त्र र संविधानको रक्षार्थ आफूलाई केन्द्रित गर्नुपर्ने हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार