२० श्रावण २०७८, बुधबार

कोको गाउफले टोकियो ओलम्पिक गुमाउने

प्रकाशित मिति :  ४ श्रावण २०७८, सोमबार १३:४३


४ साउन, काठमाडाैं । अमेरिकी टेनिस खेलाडी कोको गाउफले टोकियो ओलम्पिक गुमाउने भएकी छिन् । कोरोना भाइरसको संक्रमण देखिएपछि कोकोले ओलम्पिक गुमाउने भएकी हुन् ।

१७ वर्षीय कोकोले सामाजिक संजालबाट आफुलाई कोरोना संक्रमण भएको बताएकी छिन् । यस्तै कोकोले ओलम्पिकबाट नाम फिर्ता लिएको समेत बताएकी छिन् ।

विश्व वरीयताको २५ औं स्थानमा रहेकी उनी ओलम्पिक खेल्ने अमेरिकी टिममा रहेकी थिइन् । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

टोकियो ओलम्पिकमा पौडीबाट गौरिका सिंह, एलेक्जेन्डर शाह ‘एलेक्स’, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्ने छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?