२० श्रावण २०७८, बुधबार
प्रदेश १

विराटनगरमा स्टान्ड लगाई रोकिराखेको मोटरसाईकलमा वृद्धको शव फेला

प्रकाशित मिति :  ४ श्रावण २०७८, सोमबार २२:१४


४ साउन, विराटनगर । विराटनगरमा एक जना पुरुष मोटरसाइकलमा मृत अवस्थामा फेला परेका छन् । कोसी राजमार्ग अन्तर्गत विराटनगर भृकुटी चोकनजिक एक वृद्धको शव फेला परेको हो ।

विराटनगरको बिजुली अफिस अगाडि स्टान्ड लगाई रोकिराखेको को ४ प २३१६ नम्बरको मोटरसाईकलमा सुतिरहेको अवस्थामा भेटिएको शव विराटनगर ५ मुनापथका ६५ वर्षीय सुदर्शन न्यौपाने रहेको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका मोटरसाइकलमा चढेकै अवस्थामा उनको शव फेला परेको प्रहरी उपरीक्षक जनार्दन जिसीले नेपालबहस डटकमलाई बताए ।

 प्रहरीका अनुसार उनी मोटरसाइकलमा चढेकै अवस्थामा घोप्टो परेर ढलेकाे र जुत्ता पनि लगाएकै अवस्थामा भुइँमा टेकिएको देखिएको छ। उनको मृत्युबारे घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान गरिरहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?