२२ जनालाई कारबाहीको तयारी तर कुन अन्योलग्रस्त
नेपालबहस संवाददाता
साउन ५, २०७८ मंगलबार २०:१२:५५
५ साउन, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै २२ जना सांसद्लाई कारबाही गर्ने भएको छ । तर आधार भने अर्कै देखाएको छ ।
सर्वाेच्च अदालतको गत असार २८ गतेको फैसलाले संविधानको धारा ७६ (५) बमोजिम ह्वीप नलाग्ने निर्णय गरेकाले उनीहरुलाई कारबाही गर्न नमिल्ने देखिएको हो । त्यसैले हिजो सोधिएको स्पष्टीकरणमा आरोप चाहिं बेग्लै लगाइएको स्रोतले बतायो ।
स्रोतका अनुसार, हिजोको केन्द्रीय कमिटी बैठकले सोधेको स्पष्टीकरणमा गत वैशाख २७ गते तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई किन मत नदिएको भन्ने प्रश्न राखिएको छ ? तर यसो गर्दा पनि २२ जनालाई त्यही ब्यहोराको स्पष्टीकरण सोध्न नमिल्ने भन्दै बैठकमै प्रश्न उठाइएको थियो ।
किनभने देउवालाई मत दिनेमा २७ गते ओलीलाई मत दिनेहरु समेत रहेका छन् । त्यसैले सबैलाई एउटै आसयको पत्र दिन नमिल्ने भएकाले अलग व्यहोरा राखिएको छ ।
अहिले मात्र देउवालाई मत दिनेहरुको हकमा भने बेग्लै निर्णय गरिने स्रोतले बतायो । त्यसमा पूर्व मन्त्री प्रेम आले , किसान श्रेष्ठ लगायत ८ जना रहेका छन् । एमालेको आज पनि केन्द्रीय कमिटी बैठक जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार