यो वर्ष पनि विद्यार्थीको पठनपाठनमा अन्योल कायमै
नेपालबहस संवाददाता
साउन ५, २०७८ मंगलबार २१:५०:४१
५ साउन, मान्म । कालीकोटका नौवटै स्थानीय तहका सामुदायिक विद्यालयका सबै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइसक्दा पनि पढाई हुन सकेको छैन ।
जिल्लामा कोभिड–१९ को महामारी कारण विद्यालय बन्द भएपछि बैकल्पिक माध्यमलाई प्रयोगमा ल्याउन नसक्दा करीब ७० हजार विद्यार्थीको पढाई हुन नसकेको हो ।
वैशाखबाटै विद्यालय नखुलेका कारण विद्यालयले पाठ्यपुस्तक वितरण गरे पनि पढाइ कसरी गर्ने भन्नेमा अन्योल रहेको खाँडाचक्र नगरपालिका–१ पञ्चदेवल माविका सहायक प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले बताए । “पढाई कसरी गर्ने भन्नेबारे अहिले पनि अन्योल छ । कोभिड–१९ को जोखिम अझै छ”, उनले भने, “विद्यालय नखुल्दा विद्यार्थीको पढाईमा बाधा पुगेको छ ।”
विद्यार्थीको पढाइका लागि वैकल्पिक माध्यम पनि सहज नभएकाले समस्या भएको नरहरिनाथ गाउँपालिका–९स्थित जनप्रभात माविका प्रधानाध्यापक निर्मलकुमार विष्टले जानकारी दिए । “विद्यार्थीलाई पढाउनका लागि वैकल्पिक माध्यम बनेको न इन्टरनेट छ भने नत विद्यार्थीलाई भौतिक उपस्थितिमा पढाउने अवस्था छ ।”
विद्यालय नखुले पनि विद्यार्थीहरुलाई घरघरमा नै पुगेर पाठ्यपुस्तक वितरण गरिएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले जानकारी दिए । “विद्यालय खुल्ने या नखुल्ने अहिले नै भन्न सकिने अवस्था छैन”, उनले भने, “विद्यार्थीले स्वअध्ययन गरून् भनेर घरघरमा नै पुगेर पाठ्यपुस्तक वितरण गरिएको छ ।”
गाउँमा इन्टरनेट सुविधा नहुँदा अनलाइन कक्षा सञ्चालन गर्न नसकिएको र कोरोना सङ्क्रमण फैलने जोखिमका कारण विद्यालय खोल्न समस्या भएको पचालझरना गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताए । “अनलाइन कक्षा सञ्चालनबारे छलफल भए पनि सबै ठाउँमा इन्टरनेट र टेलिफोन छैन”, उनले भने, “यो वर्ष पनि विद्यार्थीको पठनपाठनमा अन्योल कायमै छ ।”
जिल्लाका सामुदायिक विद्यालयका शिक्षकले सबै विद्यार्थी र शिक्षकमा कोरोना खोप नलगाएसम्म पठनपाठन हुन नसक्ने जनाएका छन् । पठनपाठनका लागि शिक्षक र विद्यार्थीहरुलाई कोभिड–१९ को खोप पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जिल्ला शिक्षक महासङ्घका सदस्य पदमबहादुर मल्लले जोड दिए । “विद्यार्थी र शिक्षकलाई खोप नदिए पढाउन सकिने अवस्था छैन”, उनले भने, “कोरोना खोपको पहिलो प्राथमिकतामा शिक्षक र विद्यार्थीलाई राखिनुपर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
स्वीकृति नपाएका पाठ्यपुस्तक प्रयोगमा ल्याएको पाइए कारबाही गरिने
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता ल्याउन गृहको निर्देशन
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार