प्रचण्डलाई भेट्न देउवा खुमलटारतिर
नेपालबहस संवाददाता
साउन ५, २०७८ मंगलबार २३:३:२९
५ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आफू नेतृत्वको सरकारलाई पूर्णता दिन हतारिएका छन् । तर गठबन्धनको प्रमुख घटक नेकपा एमालेको माधवकुमार नेपाल समूहले ठोस निर्णय लिन नसक्दा अड्किएका छन् ।
आज गठबन्धनका नेताहरुले सरकार विस्तार गर्ने सैद्धान्तिक सहमति गरेका छन् । जस अनुसार, कांग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्रालय र बाँकी मन्त्रालय माओवादी, नेपाल समूह र जसपाले भागबण्डा गर्ने छन् ।
यसबारे छलफल गर्न आज प्रचण्डको दौडधूप बढेको थियो । बिहानै नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका प्रचण्ड लगत्तै देउवासँग कुरा गर्न बालुवाटार गएका थिए ।
अहिले भने प्रधानमन्त्री देउवा आफैं प्रचण्ड निवास भैंसेपाटी जाँदैछन् । साँझ साढे ५ बजेका लागि देउवा र प्रचण्डबीच भेटवार्ताको समय निर्धारण भएको प्रचण्ड निकट स्रोतले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार