Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

सन्दीपले इंगल्याण्डको क्रिकेट लिग दी हन्ड्रेड खेल्न नपाउने

प्रकाशित मिति :  ५ श्रावण २०७८, मंगलवार १८:५३


५ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न नपाउने भएका छन् ।

इंगल्याण्ड क्रिकेट बोर्डले आफ्नो भिसालाई मान्यता नदिएको र देश छाड्न आग्रह गरेको सन्दीपले फेसबुकमा लेखेका छन् । सन्दीप आज वा भोलिमा नेपाल फर्कने भएका छन् ।

उनले फेसबुकमा लेखेका छन्,  ” म ओभल इन्भिन्सिबलबाट खेल्न उत्सुक थिए । प्रतियोगिता गुमाउनु परेकोमा म अत्यन्त मर्माहित छु, सन्दीपले सामाजिक संजालमा लेखेका छन्, मैले टिएर ५ भिसाको लागि आवेदन दिए किनकि यस भिसाले प्रतियोगिता खेल्न पर्याप्त हुने भनिएको थियो । “

सन्दीपको फेसबुक स्टाटस :


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?