२० श्रावण २०७८, बुधबार

अबैधरुपमा ल्याइएको गाँजासहित एक पक्राउ

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार ११:४३


६ साउन, मकवानपुर । मनहरि गाउँपालिका–८ हेटौँडा नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अबैधरुपमा ल्याइएको लागुपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

मनहरिका प्रहरीले बिहान ३ः०० बजे सडकमा रोकिराखेको ना८ख ८२८४ नम्बरको ट्रकभित्र खानतलासी गर्दा ८१ किलो ३५० ग्राम गाँजा फेला पारेकाले चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताएको छ । ट्रक चालक मकवानपुरकै राक्सिराङ गाउँपालिका–४ बस्ने वर्ष ३५ का बाबुराम नेगी रहेका र घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?