२० श्रावण २०७८, बुधबार

सगरमाथा इन्स्योरेन्सको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार १४:३८


काठमाडौं । सगरमाथा इन्स्योरेन्सले ५ लाख ५१२ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले संस्थापक शेयरधनी सनराइज बैंकको नाममा रहेको उक्त शेयर विक्रीको लागि साउन ६ गते ३५ दिने सूचना सार्वजनिक गरेको हो ।

यो शेयरको मूल्य प्रतिकित्ता ७७६ दशमलव ५५ तोकिएकाले कम्पनीको संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र रितपूर्वक निवेदन पेश गर्न आग्रह गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा निवेदकको माग बमोजिम वर्तमान संस्थापक शेयरधनीभन्दा व्यक्तिका नाममा विक्री हुने समेत कम्पनीले जानकारी गराएको हो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?