२० श्रावण २०७८, बुधबार
कोरोना भाइरस

आजदेखि १८ वर्ष माथि उमेर समूहका मानिसलाई खोप

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार १६:०६


६ साउन, काठमाडौं । काठमाडौंमा आज ‘बुधबार’ देखि १८ वर्ष माथि उमेर समूहका माथि उमेर समूहका मानिसलाई काेराेना खाेप लगाउन सुरू गरिएकाे छ ।

कोरोना भाइरसविरूद्धको जोनसन एण्ड जोनसनको खोप आजदेखि १८ वर्ष माथिका उमेर समूहका मानिसलाई खोप दिन थालिएको हाे ।

सरकारले जोनसन एण्ड जोनसनको खोप ५० देखि ५४ वर्षका मानिस, अपांगता भएका व्यक्ति, जोनसन खोप अनिवार्य गरिएका मुलुक जाने व्यक्ति र शरणार्थीलाई लगाउन सुरू गरेको बताइएकाे छ । अब बाँकी रहेको खोप १८ वर्ष माथिका उमेर समूहका व्यक्तिले साविककै खोप केन्द्रहरूबाट लगाउन सक्ने छन् ।

अहिले देशभर धमाधम खोप अभियान चलिरहेको छ। आजै राति मात्र नेपाल एयरलाइन्सको जहाज थप १० लाख डोज खोप लिन चीनको बेइजिङ जाँदैछ। खोप लिएर जहाज भोलि बिहान नेपाल आइपुग्ने तालिका छ। लगत्तै भोलि साँझ अर्को १० लाख डोज खोप लिन जहाज बेइजिङ नै जाँदैछ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?