२० श्रावण २०७८, बुधबार
कोरोना भाइरस

आज देशभर थप २,८३८ संक्रमित, ३० जनाको मृत्यु

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार १७:०३


त्रिवि शिक्षण ‘टिचिङ’ अस्पताल महाराजगन्जमा कोरोना परीक्षण गर्दै

६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ७१५ नमूना पीसीआर परीक्षण गर्दा १ हजार ९१८ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार ९०१ गर्दा ९२० मा संक्रमण देखिएको हाे ।

त्यस्तै सोही अवधिमा १ हजार ४७५ जना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना कोरोनाबाट मुक्त भएका छन्। पछिल्लो समय संक्रमण बढ्दै गइरहेको मन्त्रालयले जनाएको छ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?