नेपाल भीमलाई भेट्न टोखा पुगे
नेपालबहस संवाददाता
साउन ६, २०७८ बुधबार २३:९:४७
६ साउन, काठमाडौं । नेकपा ‘एमाले’का वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन्। उक्त समूहको आजको बैठकमा नआएपछि रावललाई भेट्न नेपाल घरैमा पुगेका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने दिन ३ साउनमा सांसदबाट राजीनामा घोषणा गरेका रावल त्यसयता नेपाल समूहको बैठकमा सहभागी भएका छैनन्। न त ओलीतिर लागेका छन्।
विगतमा प्रधानमन्त्री ओलीका हरेक कदमको विरोध गर्दै आएका रावलले केही दिनअघि प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए। यद्यपि उनको राजीनामा स्वीकृत भए–नभएको केही औपचारिक जानकारी बाहिर आएको छैन।
पार्टी विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति गरिसकेको अवस्थामा त्यसलाई माधवकुमार नेपालले अस्वीकार गर्ने बताएपछि आफूले राजीनामा दिएको रावलले बताउँदै आएका छन्।
वरिष्ठ नेता नेपालले आफूलाई विश्वास नगरेको उनको भनाइ छ। एमाले विवाद मिलाउन गठित १० सदस्यीय कार्यदलमा रावल नेपाल समूहबाट संयोजक थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
छोटै समयमा प्रदीप अधिकारीले देखाएको आर्थिक लिला, यो घर कसरी ठडियो डीजी साप ?
चैत १४, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार