२० श्रावण २०७८, बुधबार
बेइजिङ

नेपाल एयरलाइन्स आज राति खोप लिन बेइजिङ जाने

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार १८:०२


६ साउन, काठमाडौं । नेपाल एयरलाइन्सको जहाज आज राति १० लाख डोज खोप लिन बेइजिङ जाने भएको छ ।कोरोना भाइरसविरूद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जान लागेको हो ।

एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले १० लाख डोज खोप लिन जहाज राति ११ बजे बेइजिङ जाने भएको छ । खोप लिएर जहाज भोलि बिहान नेपाल आइपुग्ने छ ।

लगत्तै अर्को १० लाख डोज खोप लिन भोलि साँझ नै जहाज बेइजिङ जाने पौडेलले बताए । त्यसपछि पनि जहाज शनिबार फेरि अर्को १० लाख डोज खोप लिन बेइजिङ जाने तालिका छ।

सरकारले चीनबाट ४० लाख डोज खोप खरिद गरेको हो। यसअघि नै एयरलाइन्सले ८ लाख डोज खोप ल्याएको थियो।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?