२० श्रावण २०७८, बुधबार
बैठक
राजनीति

एमालेले सोध्यो, देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार १८:०६


६ साउन, काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको छ ।

अध्यक्ष केपी ओलीले हिजो मंगलवार २२ जना सांसदलाई सोधेको स्पष्टीकरण पत्र सबैकोमा पठाइएको एमालेले जनाएको छ । स्पष्टीकरण पत्रमा सर्वोच्चको परमादेश विपरीत नहुने गरी भाषा प्रयोग गरिएको छ ।

पार्टीविरुद्ध भेला र गुटगत गतिविधि गर्ने तथा पार्टीको निर्देशन विपरीत विपक्षीलाई समर्थन गर्नेजस्तो अपराधपूर्ण कार्य किन गर्नुभयो ? भनेर पत्रमा सोधिएको छ ।

यस्तै पार्टीविरुद्ध भ्रम फैलाएको, गोपनीयता भङ्ग गरेको लगायतका कसुर गरेकाले तपाईलाई पार्टीको जिम्मेवारीलगायत साधारण सदस्यबाटै किन नहटाउने ? भनेर स्पष्टीकरण सोधिएको छ ।

२४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नदिएमा कारबाही हुने पनि एमालेले चेतावनी दिएको छ । ओली पक्षका आठ जनासहित २२ सांसदले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवालाई विश्वासको मत दिएका थिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?