२० श्रावण २०७८, बुधबार
बालुवाटार
राजनीति

देउवा र विप्लवबीच भेटवार्ता, छलफलमा काे-काे सहभागी ?

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार २०:३४


६ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न विप्लवको साथमा नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला पनि बालुवाटार पुगेका छन् ।

भेटमा अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा प्रधानमन्त्रीसँग छलफल भइरहेको बताइएको छ ।

ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमतिपछि विप्लव नेतृत्वको नेकपा शान्तिप्रक्रियामा आएको थियो । छलफलमा गृहमन्त्री बालकृष्ण खाँण उपस्थित छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?