२० श्रावण २०७८, बुधबार

भोटेबहालबाट लाखौँ नगदसहित १२ जुवाडे पक्राउ

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार २०:४५


६ साउन, काठमाडौं । काठमाडौंको भोटेबहालबाट लाखौँ नगदसहित १२ जुवाडेलाई प्रहरीले आज पक्राउ गरेको छ । स्थानीय दिनेशकुमार शेरचनको घरमा केही मानिसले हारजित हुने गरी अवैधरुपमा जुवातास खेलिरहेका छन् भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।

महानगरीय वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले घरधनी शेरचनसहित दोलखा चरिकोटका हरिशरण थापा, भारतको रक्सौल घर भई काठमाडौं बस्ने राहुल गुप्ता, धादिङ गङ्गाजमुनाका सुमन अधिकारी, काभ्रेपलाञ्चोकका क्षेत्रबहादुर मोक्तान, काठमाडौं शान्तिनगरका ज्योतिप्रकाश श्रेष्ठ, काठमाडौं जैसीदेवलकी रञ्जना प्रधान, बागलुङकी सिर्जना खत्री, धादिङ मलेखुकी सरिता मल्ल गुरुङ, काभ्रेपलाञ्चोकका लक्ष्मी बानियाँ, झापा हल्दीबारीका चिना नेम्वाङ र भारत गुजरातका पुष्पा अलीलाई पक्राउ गरिएको छ ।

उनीहरुका साथबाट रु तीन लाख नगद, रु तीन लाख ७० हजार बराबरको चेक र २१ बुक तास बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?