२० श्रावण २०७८, बुधबार

जमुनहा नाकामा स्थायी हेल्थ डेस्क सञ्चालन

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार २१:०१


६ साउन, नेपालगञ्ज । नेपालगञ्जको जमूनाह नाकामा स्थायी हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । नगरप्रमुख डा धवलशम्शेर राणा, उपप्रमुख उमा थापामगर र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले हेल्थ डेस्कको नवनिर्मित भवनको आज उद्घाटन गरे ।

कोरोना, डेङ्गु, मलेरियालगायत सङ्क्रामक रोगको नियन्त्रणका लागि नाकामा हेल्थ डेस्क स्थापना गरिएको नगर प्रमुख डा. राणाले बताए । देशभरका १३ वटा नाकामध्ये स्थायी प्रकृतिको हेल्थ डेस्क सञ्चालन भएको नेपालगञ्जमा पहिलो पटक हो ।

नयाँ भवनबाट सेवा दिने हेल्थ डेस्कमा चिकित्सक, ल्याब टेक्निसियनसहितका स्वास्थ्यकर्मी खटिने भएका छन् । भारतबाट फर्किनेको स्वास्थ्य परीक्षण ‘स्क्यानिङ’ र आवश्यकताअनुसार अन्य स्वास्थ्य जाँच गरिनेछ ।

रु ५१ लाख ३१ हजारको लागतमा निर्माण गरिएको हेल्थ डेस्कको केही भाग इलाका प्रहरी कार्यालय जमूनाहलेसमेत प्रयोग गर्ने जनाइएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?