२० श्रावण २०७८, बुधबार
एमाले विवाद
राजनीति

ओली रक्स : नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार !

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार २२:१७


६ साउन, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी एकताका माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिन तयार भएका छन् । उनले पार्टी एकता लागि हदैसम्म लचिलो हुने बताउदै दोस्रो अध्यक्ष दिन तयार भएको बताएका हुन् ।

बुधबारको केन्द्रीय कमिटी बैठकमा उनले एकताका लागि वरिष्ठ नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको समेत बताएका छन् । ‘हामी एकताका लागि हदैसम्म लचिलो छौँ । अन्तिमसम्ममा पनि एकताका लागि प्रयास जारी छ । माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष मागे । मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु,’ बैठकमा ओलीले भनेका छन् ।

उनले पार्टी एकताका लागि गठित कार्यदलले बुझाएको १० बुँदे सहमति कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको पनि बताएका छन् । त्यस्तै एकता भएमा सबै संरचनाहरू ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुने पनि बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

ओलीले आफूले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो बन्दा पनि अनेक बहाना खोजिएको बताएका थिए । मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बाहना खोजिएको छ । त्यसपछि पनि केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन् भन्दै बहाना बाजी किन खोजेको भनेर प्रश्न गरेका थिए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत हाल्नु अपाराधिक काम भएको समेत बताए । ‘संसदमा आफ्नै पार्टीको सरकारका विरुद्धमा मत हालियो । यो अनैतिक, अराजनीतिक र आपराधिक कार्य हो । तर पनि मैले फिँजमा भए पनि केही घिउ लागिहाल्छ कि भनेर मही मथेको मथ्यै छु । म थाकेको छैन कमरेडहरू । एकताका लागि कुनै कञ्जुस्याइँ गरिएको छैन, गरिने छैन’, ओलीको भनाइ उद्यृत गर्दै ती केन्द्रीय सदस्यले भने ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?