२० श्रावण २०७८, बुधबार

युरोकप विथफोनलोनको विजेता बने लक्ष्मी बैंकका अशोक

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार २३:३०


६ साउन, काठमाडाैं ।  फोनलोनले आफ्नो ३ हप्ता लामो युरो कप विथ फोनलोन क्याम्पेनको विजेता घोषणा गरेको छ  । यस क्याम्पेन का विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खति भएका छन् र उनले सामसङ्ग को ५५ इन्च स्मार्ट टिभी जितेका छन् ।

सो क्याम्पेन असार १ गते देखी २३ गते सम्म चलेको थियो भने यसमा फोनलोन सन्जालका ५ बैंक लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोन का प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए ।

यस क्याम्पेनमा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो । विजेता छनौट भने फोनलोनको विनर सेलेक्सन सफ्टवेरद्वारा गरिएको थियो ।

यस क्याम्पेन मार्फत फोनलोनले ग्राहकहरु माझ कागज रहित, धितोरहित स्मार्ट लोन सुविधा बारे जानकारी गराएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?