Nb Grihani bachat khata
१६ श्रावण २०७८, शनिबार

युट्युवमा २ करोड ५० लाखभन्दा बढी पटक हेरियाे प्रेमगीत

प्रकाशित मिति :  ७ श्रावण २०७८, बिहीबार ०६:५१


७ साउन, काठमाडौं । यतिबेला नेपाली चलचित्र प्रेमगीत युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली फिल्म बनेको छ । आज भन्दा पाँचवर्षअघि रिलिज भएको फिल्म ‘प्रेमगीत’ युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली फिल्म बनेको हो ।

साउन ६ गते बेलुकासम्म फिल्मलाई २ करोड ५० लाखभन्दा बढी पटक हेरिएको छ । कुनै नेपाली फिल्मले भिडिओ साझेदारी साइट युट्युवमा पाएको सबैभन्दा बढी भ्यूज हो ।

सन् २०१६ को जुन १७ तारिखमा युट्युवमा रिलिज गरिएको फिल्मलाई सन्तोष सेनले निर्माण र सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

प्रदीप खड्का र पूजा शर्माको अनस्क्रिन जोडी निकै हिट भएको थियो । मुस्ताङको यात्रामा निस्किएका दुईजना अपरिचित पात्र प्रेम र गीतको प्रेम सम्बन्धको कथा यसले पेश गर्छ ।

घरेलु बक्सअफिसमा समेत यो फिल्म हिट भएको थियो । युट्युवमा कीर्तिमान राखेपछि निर्माता सेनले दर्शकलाई धन्यवाद दिएका छन् । प्रेमगीतको तेस्रो सिक्वेलसम्म निर्माण भएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?