२० श्रावण २०७८, बुधबार

लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर

प्रकाशित मिति :  ७ श्रावण २०७८, बिहीबार १०:०७


७ साउन, काठमाडौं । लुम्बिनी विकास बैंकले विभिन्न तहमा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदको लागि कर्मचारी माग गरेको हो ।

बैंकले प्रदेश २ मा रहेको कार्यालयका लागि १ जना प्रदेश प्रवन्धकको माग गरेको छ भने पब्लिक रिलेशन म्यानेजर पदमा २ जनाको माग गरेको छ ।

सो पदका लागि बैंकले कम्तीमा व्यवस्थापन सम्बन्धि स्नातक गरेको हुनुपर्ने जनाएको छ । साथै, उक्त पदमा योग्यता पुगेका नागरिकले बैंकिङ सम्बन्धि २ वर्षदेखि ३ वर्षको अनुभव भएको हुनुपर्ने उल्लेख गरेको छ ।

बैंकले अन्य पदहरूमा पनि कर्मचारी माग गरेको छ । त्यसमा शाखा प्रबन्धक, असिस्टेन्ट, रिलेशन म्यानेजर, अडिटलगायत विभिन्न तहमा माग गरेको छ ।

बैंकका अनुसार योग्यता पुगेकाहरूले [email protected] मा साउन २० गतेसम्ममा आवेदन दिन सक्नेछन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?