अपमानित भएर बस्न सकिन्नः नेपाल
नेपालबहस संवाददाता
साउन ७, २०७८ बिहिबार १७:५९:८
७ साउन , काठमाडौं । आज साउन ७ गते,वाम नेता पुष्पलाल स्मृति दिवस । देशमा राणातन्त्र रहँदाकै अवस्थामा विक्रम सम्बत् २००५ मा कम्युनिष्ट पार्टी स्थापना गर्ने महान योद्धा थिए पुष्पलाल । राणा विरुद्ध आन्दोलन चर्काए वापत फाँसीको सजाय पाएका दाजु गंगालालबाट प्रभावित पुष्पलालले नेपालमा साम्यवादी सिद्धान्तको विकास र विस्तारका लागि ठूलो भूमिका खेले । तिनैको सम्झनामा आज स्मृति दिवस मनाइँदैछ ।
आज नेपालमा वाम शक्ति छिन्न भिन्न छ । तीन वर्षअघि एकीकृत भएको नेकपा एमाले र नेकपा माओवादी केन्द्र यतिबेला अलग भएका छन् । एमाले भित्रै पनि ठूलो धाँजा फाटेको छ । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पानी बाराबारको अवस्था रहेको छ । लगभग विभाजनको डिलमा छन् ।
यसै परिवेशमा आज पष्पलालको स्मृति दिवस मनाइँदैछ । यस अवसरमा वरिष्ठ नेता नेपालले पार्टी भित्रको कमीकमजोरी हटाएर शुद्धिकरणको अभियानलाई बल दिनुपर्नेमा जोड दिएका छन् । राजधानीको चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा आयोजित एक कार्यक्रमलाई संवोधन गर्दै उनले अब नयाँ समाज निर्माणमा जोड दिनुपर्ने बताए ।
पार्टी भित्रको खटिरा निको पार्न औषधिमूलो गर्नुपर्ने उनले बताए । पार्टी नेतृत्व सुध्रिन तयार भए एकता हुने भन्दै तर गलत कुरालाई आफूले सैह्य नहुने उनले प्रष्ट पारे । कम्युनिष्ट पार्टी भनेको नेता प्रधान नभई नीति प्रधान हुने पनि उनले बताए ।=आफूले बनाएको घर छाड्ने कसैको चाहना नहुने भन्दै नेता नेपालले तर कसैको दास भएर बस्न पनि नसक्ने प्रष्ट पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार