तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
साउन ८, २०७८ शुक्रबार ११:३८:३६
ज्योतिषी: गणेश काफ्ले
वि.सं.२०७८ साल साउन ०८ गते । शुक्रबार । ईश्वी सन् २०२१ जुलाई २३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– चतुर्दशी,११ घडी १८ पला, बिहान ०९ बजेर १८ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र– पूर्वाषाढा,२३ घडी १० पला, दिउसो ०२ बजेर ३९ मिनेट उप्रान्त उत्तराषाढा । योग– वैधृति, १२ घडी ११ पला, बिहान १० बजेर १५ मिनेट उप्रान्त विष्कुम्भ । करण– वणिज, बिहान ०९ बजेर ५४ मिनेट उप्रान्त भद्रा, बेलुकी ०८ बजेर ५५ मिनेट उप्रान्त बव । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–धनु ,बेलुकी ०८ बजेर ५५ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेट । दिनमान ३३ घडी ५४ पला । पूर्णिमा व्रत ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’ :- समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्बाह गर्नु पर्नेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । आफन्त तथा जीवनसाथिको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- प्रेम प्रशङग टाडै रहनुहोला प्रीय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । बिधिबिधान तथा कानुन सम्बत् काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेकोछ । कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यवधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाइ लेखाइ तपाई आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- नोकरीमा बढोत्तरी हुने योग रहेकोछ । प्रेममा नजिक भई रमाउन सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाईलेखाईमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’ :- बिवादित बिषयहरुबाट निचोड तपाईकै पक्षमा आउने हुनाले खुशिले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडी छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुनाले व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तोे उपलब्धी हासिल गर्न सकिनेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपाहार तथा बिलासी वस्तु प्राप्तीको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगती देख्न पाईनेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ । बाहिरी वातावरणको ध्यान दिनुहोला ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसी शुख सुबिधाहरु प्रयोग गर्न नपाउदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- अध्ययन अध्यापनमा प्रगती गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकीहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेकोछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईको बोलिको सबैले कदर गर्नेछन् । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चितसम्पतिको प्रयोग गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । गितसंगितमा लाग्नेहरुका लागी समयले साथ दिनेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडी छोडेर अग्रपंतिमा आउन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बैक तथा बित्तिय क्षेत्रको शेयरबाट आम्दानी गर्न सकिनेछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- कुनैपनी आर्थिक कारोबार गर्दा सचेत हुनुहोला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेको छ । पढाईलेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । तरपनि विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरुका लागि समय फलदायी रहनेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- शत्रु तथा प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने बिद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसियाली छाउनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने साथिभाईसँगको सम्बन्धमा बिश्वासको बाताबरण बन्नेछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रसस्त आम्दानी हुनाले आर्थिक स्थिती सुदृड हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैत्रिक सम्पती तथा सरकारी सम्पतिको प्रयोग गर्न पाईने हुँदा मन प्रशन्न हुनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार