कविता: ह्याङ्ग ओभर
नेपालबहस संवाददाता
साउन ८, २०७८ शुक्रबार १४:२४:५८
अलिशान महलको बैठक होस् ,
एक , दुई , तीन , चार पाँच तारे होटलका बार हुन् ,
भट्टीको कुना होस् ,
या ,
अन्योल मुसाफिरको असरल्ल डेरा होस् ,
जहाँ र जुन बहानामा भए पनि सराबले घाँटीको बाटो हुँदै जीवन भित्र पोखिनुपर्छ होइन र ह्याङ्ग ओभर हुन ?
विमति छ भने भन्नुस् है !
नत्र बिन्ती भनिदिनुस् !
किन ह्यङ्ग ओभरमा लर्खराईरहेछु म ,
पियाई बिना नै ??
जीर्ण मातृत्वको घ्याम्पोमा भएका कोदाका गेडाहरु आफैँ आफैँमा लडेर आत्मीयता र सद्भावको मर्चाबाट छुट्टिए पछि
पिउनै पाएको छैन एक घुट्को सोमरस सान्ती र स्थायित्वको
यद्यपि ,
भैरहन्छ ह्याङ्ग ओभर र गाइरहन्छु
सयौँ थुङ्गा फूलका हामी ………
अस्पताल छ , बिरामी शैया छैन ,
एक बिर्को अक्सिजन पिउन नपाएर छट्पटाईरहेको यो जिजीबीषा ,
किन खेप्छ ह्याङ्ग ओभर र
बर्बराई रहन्छ जिउनुको सपना ?
गाउँका कन्चन खोल्साहरुमा रातो पानी
बग्न थालेदेखी ,
कहिल्यै पिउन सकेको छैन
अञ्जुली थापेर मैले
फेरि के को ह्याङ्ग ओभर हो यो र
मुस्कुराई रहन्छु
छोरीको सुकोमल चालढालमा ,
हराईरहन्छु उसका तरुणी सपनाहरूमा ?
हैरान छु म , नखाएको बिष लागेर हजुर !
हो ,
बरु पिएरै हुन्छु ह्याङ्ग ओभर भनेँ भने ,
हजुरले दिने त्यही भोको चीत्कार ,
मृत्यु र बलात्कार पीडाका लोकल ठर्रा
त होला नि माननीय ज्यू ?
नमिता दवाडी : गोर्खा नेपाल / हाल : न्युजिल्यान्ड
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'जून ओर्लेको रात' बजारमा
चैत १४, २०८० बुधबार
शासकहरू
चैत ५, २०८० सोमबार
सोमबारदेखी सुरु हुँदै ‘द पोएट आइडल’ सिजन २
माघ २७, २०८० शनिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार