राष्ट्रपति र ओलीबीच भेटवार्ता, के भयाे कुराकानी ?
नेपालबहस संवाददाता
साउन ८, २०७८ शनिबार ०:५५:२२
८ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार शितल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको हाे ।
राष्ट्रपति र प्रमुख विपक्षी दलको नेता बीचको भेटघाटका सम्बन्धमा अहिलेसम्म राष्ट्रपति कार्यालय र विपक्षी दलको नेताको सचिवालय कसैले पनि औपचारिक रुपमा के थियो एजेन्डा केही जानकारी गराइएको छैन ।
राष्ट्रपतिलाई भेट्नुपर्ने परिभाषित जिम्मेवारीमा नरहेका विपक्षी नेतासँग राष्ट्रपतिको के कुरा भएको हुनसक्छ ? यो आम चासोलाई शीतलनिवास र विपक्षी दलका नेताको सचिवालयले केही उल्लेख गरेका छैनन् ।
प्रधानमन्त्रीबाट हटेको दुई साता नपुग्दै राष्ट्रपति भण्डारी र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।यसअघि प्रधानमन्त्री रहेका बेला ओली र राष्ट्रपति भण्डारीबीचको मिलेमतोमा प्रतिनिधिसभा विघटन गर्नेदेखि विभिन्न अध्यादेश ल्याइएको भन्दै चर्को आलोचना भएको थियो । ओली गत असार २८ को सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्रीबाट हटिसकेका छन् ।
राष्ट्रपति भण्डारीले यसअघि केपी ओली प्रधानमन्त्री हुँदा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई यसरी भेटेकी थिइनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार