११ आश्विन २०७८, सोमबार
बीमा शुल्क

नेशनल लाईफको चमत्कारिक प्रगति, कम्पनी दोश्रो स्थानमा उक्लियो

आ.व. २०७७/०७८ मा कम्पनीको प्रथम बीमा शुल्क चार अर्ब नाघ्यो, कूल बीमा शुल्क १२ अर्ब माथि

प्रकाशित मिति :  ८ श्रावण २०७८, शुक्रबार २०:०७


८ साउन, काठमाडौं । सुस्त गतिमा अघि बढेको नेपालको जीवन बीमा व्यवसायमा नेशनल लाईफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । प्रथम बीमा शुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठुलो कम्पनी मध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेशनल लाईफ दोश्रो स्थानमा उक्लिएको हो ।

कूल बीमाशुल्क १२ अर्ब १६ करोडसहित प्रथम बीमा शुल्क चार अर्ब भन्दामाथि पु¥याउन सफल भएको छ । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको स्टाटस नै तलमाथि हुने गरी प्रगति गरेपछि कम्पनीमा उत्सवमय वातावरणको सिर्जना बताउँदै कम्पनीले थप प्रगति गर्नेमा कर्मचारी र अभिकर्ता वर्ग उत्साहित र विश्वस्त भएको दावी कम्पनीले गरेको छ ।

बीमा समितिका अनुसार एलआईसी नेपालले प्रथम बीमा शुल्क रु.३ अर्ब ५५ करोड आर्जन गरी तेश्रो स्थानमा रहेको छ भने युनियन लाईफले रु.३ अर्ब १९ करोड संकलन गरी चौथो स्थानमा रहेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशत भन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको हो । त्यस्तै, नविकरण बीमाशुल्क समेत उल्लेख्य रुपमा बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख कूल बीमा शुल्क संकलन गरेकोमा गत आ.व.मा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको हो ।

सबै वित्तीय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अब नेपालको दोश्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको छ । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाईफ हो । सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अर्ब ८४ करोड कूल बीमाशुल्क आम्दानी गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा