ओली एकाएक यूटर्नः बाध्यता कि आलटाल ?
नेपालबहस संवाददाता
साउन ८, २०७८ शनिबार ४:३२:३४
८ साउन, काठमाडौं । माधवकुमार नेपाललाई पार्टीभित्र कुनै पनि स्थान छैन उनी कम्युनिष्ट आन्दोलनकै लाल गद्धार हुन भन्ने आरोप लगाएको एकसाता पनि नुपुग्दै एमाले अध्यक्ष केपी ओली एकाएक ‘यूटर्न’ भएका छन् ।
पार्टीभित्रको आन्तरिक विवादका कारण सरकारको नेतृत्वबाट बाहिरिएपछि ओलीले बालकोटको बार्दलीबाट नेपाललाई लाल गद्धार घोषणा गरेका थिए । तर एक सातामै उनी यूटर्न हुने अवस्थामा पुगेका छन् । तर ओली यूटर्न भए पनि नेपाल भने जहाँको तही छन् । उनले ओलीलाई राजामहाराजाको शैलीमा आफूहरुलाई आम माफी दिने भन्दै चिसिएका छन् ।
उनले स्पष्टिकरण सोधिएका आफूसहितका २२ सांसदलाई अध्यक्ष केपी ओलीले राजर्षीशैलीले आममाफीको घोषणा गरेकोमा आपत्ति जनाएका थिए । ‘हिजो महामहिम श्री ५ महाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाललगायत माननीय सदस्यहरुमाथि जतिलाई स्पष्टिकरण सोधिएको छ, उनीहरुलाई आममाफी दिइन्छ, एमनेस्टि इज ग्यारेण्टेड । महाराजधिराज बोल्नुभएको छ । हामी गदगद भयौँ, वाह !! वाह !! हाम्रो महाराजधिराज कति खुशी भएछन्, हामीलाई आम माफी दिनेछन्, नाच्नुपर्ने भो, खुशी हुनुपर्ने भो । यही हो प्रवृत्ति ? यसैलाई कम्युनिष्ट प्रवृत्ति भनिन्छ ?
स्पष्टिकरण सोध्नु गल्ती भयो, मैले हतार गरे, त्यो मैले फिर्ता लिएको छु, भन्दिएको भए के हाइट घट्थ्यो ? मर्यादा कम हुन्थ्यो ?’ नेपालले भने । यसमा ओलीको प्रतिक्रिया भने आइसकेको छैन । ओली नरम भएकै बखत नेपाल विहिबार र शुक्रबार यसैगरी कडा रुपमा प्रस्तुत भए । उनी यतिमा मात्रै रोकिएका छैनन । ओलीका कमजोरीले कम्युनिष्ट आन्दोलन चकानुचुर भएको आरोप लगाएका थिए ।
ओली एकाएक यूटर्न हुनुमा सत्ताबाट बाहिरिए लगत्तै बसेको केन्द्रीय कमिटी बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले पार्टीको आन्तरिक विवाद मिलाउन दबाब दिएपछि पार्टी अध्यक्ष ओली यूटर्न भएको बताइएको छ । बालुवाटारबाट नीजि निवास सर्नेक्रममा ओलीले नेपालबाहेक सबै नेताहरुलाई पार्टीमा स्वागत गरिने तर नेपालका लागि कुनै स्थान नरहेको बताएका ओली एक हप्तामै आम माफीको घोषणा गरेर यूटर्न भएपछि उनका समर्थकहरु समेत आश्चर्यमा परेका छन् ।
सर्वोच्च अदालतले असार २८ मा ओलीलाई प्रधानमन्त्रीबाट सत्ताच्यूत भएपछि ३० असार ओलीले माधव नेपाललाई गद्दार घोषणा गर्दै पार्टीभित्र नेपाललाई कुनै स्थान नभएको बताएका थिए । तर गत सोमबारदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकमा अधिकांश नेताहरु पार्टी एकता कायम रहे मात्रै उपलब्धी हासिल गर्न सकिने होइन भने पार्टीको अवस्था गम्भीर संकटमा पर्ने भएकाले सबै विषयहरुलाई समेट्दै एकताको पक्षमा उभिन दबाब दिएका थिए ।
सोमबारको बैठकमा नेपाल पक्षका २३ जना सांसदलाई स्पष्टिकरण सोधेका ओलीले मंगलबार, बुधबार र बिहिबारसम्म आइपुग्दा आममाफी दिने घोषण गर्न बाध्य भए । ‘हामी को कहाँ छौं, त्यो कुरा छाडिदिउँ ,देश र जनताको कुरा गरौं,अब विवाद छाडौं, पार्टी एकताको कुरा गरौं, आउनुस मिलेर काम गरौ,’ ओलीले भनेका थिए ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी अधिकांश नेताहरुले पार्टी एकताकै पक्षमा आफ्ना मत राखेका कारण ओलीले यूटर्न हुन बाध्य भएका हुन् । त्यसको फलस्वरुप केन्द्रीय कमिटी बैठकले पार्टी एकताका लागि भन्दै त्यसको सबै अधिकार केपी ओलीलाई दिएको छ । ‘हामी अझै पनि पार्टी एकता र कम्युनिष्ट आन्दोलन जोगाउन छलफलमा छौँ,माधव पक्षसँग वार्ता जारी छ अबको केही दिनका छलफलहरूले धेरै कुरा तय गर्छ हामीले प्रवृत्तिसँग सम्झौता गर्ने होइन, व्यक्तिलाई रोग लाग्यो भने रोग निको बनाउने हो, हरेक नेतृत्वको प्रयास अन्तिमसम्म पनि कमजोरीबाट जोगाउने हुन्छ। हामी त्यही उपचार प्रयासमै छौँ, ओली पक्षका नेताले भनेका थिए ।
ओलीको सो अभिव्यक्तिपछि एमालेको शीर्ष तहमा वार्ता संवाद गर्ने गरी विवाद निरुपणको प्रयास थालिएको छ । पार्टीको नीतिविपरीत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेपछि संवादको वातावरण विग्रेको नेपाल पक्षले जनाएको थियो । नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुले स्पष्टिकरण सोध्ने र नेताहरुलाई गाली गलौच गर्ने प्रवृत्तिले संवाद विथोल्न सक्ने जनाएको थियो ।
एमालेका अध्यक्ष ओली नेतृत्वको सरकारले गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन गरेपछि वरिष्ठ नेता नेपालसहित २३ प्रतिनिधिसभा सदस्यले संधिानको धारा ७६ ९५० बमोजिम विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि हस्ताक्षर गरेका थिए । त्यसपछि पार्टीमा विवाद झन बढ्दै गएको थियो । विवाद बढ्दै गएपछि विवाद निरुपणका लागि बनेको कार्यदलले तयार गरेको १० बुँदे सहमति पनि कार्यान्वयनमा आएको छैन ।
विवादकै विचमा नेपाल पक्षले देउवालाई विश्वासको मत दिएपछि ओली समूहले वरिष्ठ नेता नेपालविरुद्ध नारावाजी गर्दै आएको छ । केन्द्रीय कमिटीको बैठकमा महेश वस्नेत, निरु पाल लगायतका नेताहरुले तुरुन्तै पार्टीबाट निकाल्नु पर्ने बताएका थिए । तर ओली पक्षका स्थायी कमिटी सदस्यहरु सुवास नेम्वाङ, पृथ्वी सुब्बा गुरुङ लगायतका नेताहरुले भने पार्टी एकता नभए पार्टीको अवस्था निकै कमजोर हुने मत राखेका थिए । त्यस्तै सात वटै प्रदेश प्रमुखहरुको रिपोटिंगमा पनि पार्टी विभाजन गर्न नहुने विषय उल्लेख भएर आएको थियो । त्यसपछि ओलीले पार्टीभित्र नेपाल समूहप्रति नरम नीति लिएको स्रोतको दावी छ ।
असार २७ गते राती एमाले विवाद निरुपणका लागि बनेका कार्यदलका सदस्यहरुले १० बूँदे सहमति प्रस्तावमा नेता नेपालले हल्का असहमति संकेत गरेका थिए । तर भीम रावल, घनश्याम भूषाल लगायतका नेताहरुले १० बुँदे सहमति सार्वजनिक गरेका थिए । नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अवस्थासम्म आइपुग्दा आफूले कार्यदलमा पठाएका सदस्यहरुको आग्रहलाई अस्वीकार गर्दै आए । उता ओलीले पनि वालकोट पुगेर नेपाललाई पार्टीमा कुनै स्थान नभएको र लाल गद्धारको घोषणा गरेर १० बुँदे सहमति कार्यान्वयन नहुने संकेत गरे । तर ओली पक्षले गत आइतबार राखेको स्थायी कमिटी बैठकबाट भने १० बुँदे अनुमोदन गरेर एकताका लागि थोरै लचनकता प्रस्तुत गर्यो ।
सोमबार बसेको केन्द्रीय कमिटी बैठकले भने १० बुँदे अनुमोदन पनि गर्ने २२ जना सांसदलाई स्पष्टिकणपनि सोधेर एकता कठिन मोडमा पुगेको संकेत गरेको थियो । तर त्यसपछिका सबै बैठकमा ओलीलाई पार्टी एकताको लागि दबाब बढ्दै गयो । साथै नेपाल पक्षका ५ र ओली पक्ष ५ गरी १० सदस्यीय टोलीले ६० जना भन्दा बढी समूह बनाएर एकताको दबाब दिने जानकारी पनि दिएपनि ओली–नेपाल दुवै जना दबाबमा परेको महशुस गरे ।
यसक्रममा ओलीले पनि आम माफीको घोषणा गरे । तर नेपालले यसलाई सत्ताच्युतपछि पनि ओलीमा दम्भ र अहंकार उस्तै रहेको भन्दै नेपालले आफूलाई अझै गुण्डा देखाएर तर्साउन खोजेको आरोप समेत लगाए । ‘दिउँसो ‘बिहिबार’ म भक्तपुरमा गएँ । १ हजार १ सदस्यीय पिपुल्स भोलन्टियर्स घोषणामा मैले भने, डनगिरी नसिक्नु, सताउने काम नगर्नु, अनि माधव नेपालको घरको वरिपरी गएर बाँदर जुलुश निकाल्ने बाँदरे प्रवृत्ति नबोक्नु ।
माधव नेपालको घर छेउ रिङरोडमा राती १० बजेको समयमा २०-२५ जना पुगेका थिए,उपरखुट्टी लगाएर मोटरसाईकलमा बसेका रहेछन्, माधव नेपाल तर्साउँदा तर्सिने मान्छे हो ? कोही तर्सिनेवाला छैन, लोकतन्त्र, जनजिविका, सुशासन, विकास निर्माण र भ्रष्टाचारलगायतका विषयमा हामी सँगसँगै कार्यगत एकता गरेर जान सक्छौं, आन्दोलनलाई त्यसरी पनि लैजानुपर्ने आवश्यकता छ ।’
नेता नेपालले अध्यक्ष ओलीको नेतृत्व क्षमतामाथि समेत प्रश्न उठाए । ‘दुई तिहाई पाएको कम्युनिष्ट पार्टी, नेकपा एमाले १ सय २१ सिटबाट घट्दा घट्दा ८३ मा पुगेको छ, अझै कति घट्ने हो ठेगान छैन । जसले आफ्नो घर सम्हाल्न सक्दैन, आफ्नो पार्टीलाई व्यबस्थित गर्न सक्दैन, पार्टीको अन्तरबिरोधको ठीक पहिचान गर्न सक्दैन, । त्यसले समाजको के अन्तरबिरोधको समाधान गर्न सक्छ ? ’ नोपलले भने । उनले पार्टीभित्रको अहिलेको अन्तरबिरोध पद र प्रतिष्ठासँग नजोडिएको प्रष्ट्याउँदै नेपालले मूल कारण ओलीसँग चरम अविश्वास भएको नेपालले खुलाए ।
उनले अविश्वासको खाडल गहिरिएकाले तथ्यका आधारमा चिरफार गरेर छिटो एकताका लागि तयार हुनपर्ने समेत बताए । ‘पार्टीको अन्तरबिरोधको मूल कारण खोजिगर्नुस्,व्यबहारले यति ठूलो अविश्वासको खाडलले दूरी पैदा गरेको छ, एकसेक एक तथ्य प्रमाण छन् । त्यसकारण ती सबैको गहिरो चिरफार गर्नुस्, समय धेरै गइसकेको छ,’ नेपालले भनेका थिए । नेपालको सबै भनाई मान्ने र ओलीको पछिल्लो अभिव्यक्तिलाई हेर्ने हो भने ओली यूटर्न भएर पार्टी मिलाउनु पर्ने बाध्यतामा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
कप्तान रोहित पनि आउट !
बैशाख ७, २०८१ शुक्रबार
के तपाई पदयात्रामा निस्किदै हुनुहुन्छ, कसरी गर्ने तयारी ?
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुँदै
बैशाख ७, २०८१ शुक्रबार