तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
साउन ९, २०७८ शनिबार ११:३०:४७
ज्योतिषी: गणेश काफ्ले
वि.सं.२०७८ साल साउन ०९ गते । शनिबार । ईश्वी सन् २०२१ जुलाई २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– पूर्णिमा, ०८ बजेर ०१ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– उत्तरषाढा,१३ बजेर ३७ मिनेट उप्रान्त श्रवण । योग– बिष्कुम्भ, ०७ बजेर ४२ मिनेट उप्रान्त प्रिती । करण– बव,०८ बजेर ०१ मिनेट उप्रान्त बालव, १९ बजेर १२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय ०५ बजेर २३ मिनेट,सूर्यास्त १८ बजेर ५५ मिनेट । दिनमान ३३ घडी ५२ पला । गुरुपूर्णिमा,गुरुव्यासपूजा,दक्षिणामूर्ति पूजा, मन्वादि, दिलापून्हि,भ।पु।वीरनदी स्नान,मानसव्रतारम्भ ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’ :- तपाईको शालिन स्वाभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । कर्मक्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानी बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भएपनि अन्तत एका अर्कालाई बिश्वास गर्दै छुटिदा मन प्रशन्न हुनेछ । आकस्मिक धन सम्पती प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पती हात लाग्ने योग रहेको छ । समस्याहरुको सजिलै समाधान गरि उपलब्धीमुलक कामहरु गर्न सकिनेछ । अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगती हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- पढाईलेखाईमा समय दिन नकस्दा अरुभन्दा पछी परिनेछ । आफन्त तथा दिदि बहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा वाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अबिश्वास बढ्न सक्छ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’ :- दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै बढ्न सकिनेछ भने मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुशि भएको महशुस गर्नेछन् । राज्यपक्षबाट पद पाईने ग्रहयोग रहेको छ भने समाजको पक्षमा काम गर्न सक्दा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा अरुलाई पछी पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- अदालतबाट आउने निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरिरमा आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुनेछ । पढाईलेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउनेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पती लाभ हुने योग रहेको छ भने आफुले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ । पढाईलेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुशि हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउनेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाती रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । समाजसेवामा दिन बित्नेछ भने अरुको काम गरी प्रसन्न हुने समय रहेको छ । मायाप्रेममा नचाहादा नचाहादै मनमुटाव सिर्जना हुनेछ भने जीवन साथिसँग तिक्तता बढ्ने योग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- अध्ययन अध्यापनमा प्रगती गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकी हरुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- गितसंगित तथा मोडलिङ पेशा व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । सबैको सहयोग पाईने हुँदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनैपनि पेशा व्यवसाय फस्टाएर जानेछ । समय अनुसार विचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडी छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधी खर्च बढेर जानेछ । व्यापार व्यवसायमा लगानी गरेपनि आम्दानी कम हुनेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । आफुभन्दा अग्रजसँग राय बाजिने तथा मनमुटाब बढ्ने योग रहेकोछ । प्रेममा अबिश्वास तथा मनमुटाब बढ्नेछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धीत कामबाट भनेजस्तो आम्दानी हुनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
चैत १५, २०८० बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
चैत ९, २०८० शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
चैत ८, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार