बकुलहर रत्ननगर अस्पतालद्वारा शैक्षिक कार्यक्रम सञ्चालन
नेपालबहस संवाददाता
साउन १०, २०७८ आइतबार १७:३२:३७
१० साउन, चितवन । बकुलहर रत्ननगर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच चिकित्सा विधाका विविध सङ्कायमा अध्ययन/अध्यापन गराउने सम्बन्धमा सहमति भएको छ । सहमतिसँगै अस्पतालमा शैक्षिक गतिविधि सञ्चालन गर्न बाटो खुलेको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगालेले अस्पताल र प्रतिष्ठानबीच शैक्षिक कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको जानकारी दिए । सम्झौताअनुसार प्रदेश सरकार मातहतमा रहेको ५० शय्या क्षमताको अस्पतालले स्नातक तथा स्नातकोत्तर तहका स्वास्थ्य शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउने भएको छ । वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रममै प्रदेश मातहतका अस्पतालमा प्रतिष्ठानमार्फत स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै लैजाने उल्लेख छ ।
बगालेका अनुसार अर्को वर्षबाटै एमडिजीपीका कार्यक्रम सञ्चालन गर्न सकिनेछ भने दुई वर्षमा बिएन, बिएस्सी नर्सिङ तथा बिएमएलटी कार्यक्रम सञ्चालन गर्न सकिने छ । डा बगालेले भने, “हामी दुई/तीन महिनामै १०० शय्या क्षमतामा जान्छौँ, सबै तयारी पूरा भएको छ ।” उहाँका अनुसार अस्पतालमा केही महिनामै आइसीयू, पिआइसीयू र एनआइसीयू सञ्चालनमा आउँदैछ । दश शय्याको आइसीयू, पाँच शय्याको एनआइसीयू, १० शय्याको पोष्टअप, दुईवटा मोडुलर शल्यक्रिया कक्ष, केही क्याबिन र प्रसूति कक्ष थप्ने काम भइरहेको उनले जानकारी दिए ।
शैक्षिक कार्यक्रम सञ्चालन गरेसँगै यहाँको स्वास्थ्य सेवाको गुणस्तरमा समेत थप वृद्धि हुने अपेक्षा गरिएको छ । यस अस्पतालले पूर्वी चितवनमा रहेका चारवटा नगरपालिका रत्ननगर, खैरहनी, राप्ती र कालिकाका जनतालाई प्रत्यक्ष स्वास्थ्य सुविधा पुर्याउन सक्नेछ । अस्पतालमा हाल दैनिक ७०० हाराहारी बिरामी आउने गरेका छन् । बगालेका अनुसार अधिकांश जसो शल्यक्रियालगायतका सेवा अस्पतालले दिने गरेको छ । यसअघि त्यस क्षेत्रका जनता सामान्य अवस्थामा पनि उपचारका लागि भरतपुर आउन बाध्य थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार