११ आश्विन २०७८, सोमबार

भारत र श्रीलंकाको पहिलो टी–२० आज, यस्तो छ दुवैको सम्भावित–११

प्रकाशित मिति :  १० श्रावण २०७८, आईतवार १६:०८


१० साउन, काठमाडौं । भारत र श्रीलंकाबीचको टी–२० सिरिज आजदेखि सुरु हुँदैछ। तीन म्याचको सिरिजअन्तर्गत यी दुई टिमले पहिलो म्याच आज खेल्दै छन्।

खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि कोलम्बोमा सुरु हुनेछ। आज भारतले प्लेइङ–११ मा मनिष पाण्डे र कुलदीप यादवको स्थानमा सन्जु सामसन र वरुण चक्रवर्तीलाई खेलाउने सम्भावना रहेको क्रिकइन्फोले उल्लेख गरेको छ।

भारत र श्रीलंकाको पछिल्लो पाँच टी–२० खेलको नजिता हेर्ने हो भने भारत चार र श्रीलंका एक खेलमा विजयी भएको छ।

भारतको सम्भावित प्लेइङ–११

पृथ्वी शा, शिखर धवन (कप्तान), इशान किशन (विकेटकीपर), सञ्जु सामसन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, कुणाल पाण्ड्या, दीपक चाहर, भुवनेश्वर कुमार, वरुण चक्रवर्ती, युजवेन्द्र चहलरराहुल चाहर।

श्रीलंकाको सम्भावित प्लेइङ-११

अविष्का फर्नान्डो, मिनोद भानुका (विकेटकीपर) भानुका राजपाक्ष, धनन्जय डिसिल्भा, चरिथ असलंका, दासुन शनाका ९कप्तान० चमिका करुणारत्ने, वानिन्दु हसरंगारप्रवीण जयाविक्रमा, इसुरु उडान, दुश्मन्था चमिरा र अकिला धनन्जय।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा